१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालीगण्डकीको अवैध दोहन गरी बालुवा चोरी

अ+ अ-

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ मा कालीगण्डकी नदीको अवैध दोहन र बालुवा चोरी भएको छ । आनन्दबगर, सारेमारे र ढोडेनीखोलामा स्थानीय तहसँग ठेक्का सम्झौताबिनै एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन भएको हो ।

सर्वोच्च अदालतले हालै गरेको फैसला र सरकारको निर्णय विपरीत अवैध रूपमा कालीगण्डकीबाट बालुवा उत्खनन भएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए।

प्रजिअ अधिकारीको नेतृत्वमा प्रहरी नायब उपरीक्षक श्यामकुमार राई, सशस्त्र प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङ र राष्ट्रिय अनुसन्धानका प्रमुख अधिकृत महेश गुरुङको टोलीले मङ्गलवार उत्खनन भइरहेको बगरको अनुगमन गरेको थियो । अवैध नदी दोहनले नगरपालिकाको लाखौँ आयस्रोत गुमेको छ । तटीय क्षेत्रमा कटानको जोखिम बढेको छ ।

सरकारले असारदेखि भदौसम्म नदी उत्खनन गर्न रोक लगाएको छ । हालै सर्वोच्च अदालतले कालीगण्डकीमा डोजर प्रयोग गरेर उत्खनन गर्न नपाउने फैसला गरेको छ । ‘ठेक्का सम्झौताबिनै डोजर लगाई खोलामा स्पर बनाएर बालुवा उत्खनन गरेको भेटियो’, प्रजिअ अधिकारीले भने, ‘कारबाहीका लागि सिफारिस गर्छौँ ।’

प्रहरी नायब उपरीक्षक राईले बगरबाट बालुवा उत्खननमा प्रयोग भएका चार वटा एक्साभेटरका धनी र उत्खननमा संलग्नलाई प्रहरी कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको बताए । ‘एक्साभेटर र थुपारेको बालुवा जफत गरेर कारबाहीका लागि जिल्ला समन्वय समितिमार्फत नगरपालिकामा पठाउँछौँ’, उनले भने ।

ढोडेनीखोला र कालीगण्डकीको दोभानस्थित म्याग्दीको भूगोलमा पर्ने ढोडेनीखोला भन्ने ठाउँमा बागलुङतर्फबाट डोजर ल्याएर करिब १०० टिपर बालुवा निकालिएको छ । ढाडेनीखोलाभन्दा करिब ८०० मिटरमाथि सारेमारेको झोलुङ नजिकै पनि करिब १० दिनदेखि डोजर प्रयोग गरेर बालुवा निकालिरहेका छन् । त्यहाँ करिब ३० टिपर बालुवा थुपारिएको छ । दिउँसो नजिकैको जङ्गलभित्र लुकाएर राख्ने डोजर बिहान र साँझमा बगरमा लगेर बालुवा निकाल्ने गरेका स्थानीयवासीले बताएका छन् । आनन्दबगरमा दुई वटा डोजर प्रयोग गरेर २०० टिपरभन्दा बढी बालुवा निकालेर थुपारेका छन् ।

ठेक्का प्रतिस्पर्धा र नगरपालिकाले तोकेको ठाउँभन्दा अन्यत्र मेसिन प्रयोग गरेर बगर उत्खनन गर्न नपाउने कानुनी व्यवस्था छ । आनन्दबगरका हर्कबहादुर क्षेत्रीले सडक र खेलमैदान निर्माण गर्न व्यक्तिगत जग्गाभित्र पर्ने बगरमा कालीगण्डकीले बगाएर ल्याएको बालुवा निकालेको बताए। बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले असार १ गतेदेखि नै बगर उत्खनन गर्न रोकिएको बताए । प्रहरीले नियन्त्रणमा लिएर बुझाएमा कारबाही प्रक्रिया अघि बढाउने उनले बताए ।

ढाडेनीखोलामा कालीगण्डकीले सयौँ रोपनी खेतीयोग्य जमिन कटान गरेको छ । कालीगण्डकीमा भएको अनियन्त्रित र अव्यवस्थित नदी दोहनका कारण सारेमारे र ढोडेनीको बिचमा रहेको जङ्गल पहिरो चलेर सखाप भएको छ । ढोडेनीखोलामा एक्साभेटर प्रयोग गरेर गरिएको उत्खननले कालीगण्डकीपारि पर्वतको जलजला गाउँपालिकाको फर्सेमा कटानको जोखिम बढाएको नाग्लीबाङका वडाध्यक्ष हरिविकास जिसीले बताए।

प्रतिक्रिया दिनुहोस