८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य कार्यालयललाई प्रदेश सरकारको सहयोग

अ+ अ-

चितवन । वाग्मती प्रदेश सरकारबाट प्राप्त स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालय चितवनलाई हस्तान्तरण गरिएको छ । भरतपुरमा आज आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णप्रसाद भुर्तेलले ती सामग्री हस्तान्तरण गरेका हुन् ।

प्रदेश सरकारले १५ वटा अक्सिजन कन्सन्ट्रेटर, सुजकभर, डिस्पोजेबल क्याप, फेससिल्ड, सेफ्टी गगल्स, ऐन ९५ मास्क, ग्लोब्स, गाउन सेट, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

सो अवसरमा प्रदेशसभा सदस्य भुर्तेलले वाग्मती प्रदेश सरकारले चितवन जिल्लालाई विशेष महत्त्व दिएर स्वास्थ्य सामग्री सहयोग गरेको बताए । जिल्लामा स्वास्थ्य उपचारका लागि विभिन्न जिल्लाबाट बिरामी आउने गरेको बताउँदै उनले भने, ‘स्वास्थ्य सेवाका हिसाबले चितवन उत्कृष्ट बन्दै गएको छ ।’ उनले स्वास्थ्य सेवा सहर केन्द्रित नगरेर जिल्लाका गाउँ गाउँमा रहेका स्वास्थ्य संस्थासम्म पुर्‍याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा वाग्मती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका निर्देशक वसन्त अधिकारीले प्रदेश सरकारले कोरोनाको तेस्रो लहरको रोकथामको लागि तयारी गरिरहेको बताए । तेस्रो लहरको तयारीस्वरुप सबै प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष र एचडियू विस्तार, पिसिआर मेसिन सञ्चालन, अक्सिजन प्लान्ट जडानको काम भइरहेको उनको भनाइ थियो ।

सो अवसरमा स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख अमृत महर्जनले प्राप्त सामग्री सातै पालिकामा वितरण गरिने बताए । उनले प्राप्त सामग्रीको उच्चतम सदुपयोग गरिने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस