९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से परिसूचक नयाँ उचाइमा

अ+ अ-

काठमाडौँ । बुधबार सेयर बजारको परिसूचक नेप्सेले अहिलेसम्मकै उच्च अंक ३ हजार ९४ कायम गरेको छ।

यस दिन परिसूचक १५. ३ अंकले बढेको हो। कारोबार खुलेको १० मिनेटमै परिसूचक ३ हजार ११२ सम्म पुगेको थियो। त्यसपछि उतारचढावमा रहेको बजार अन्ततः अघिल्लो दिनको तुलनामा १५ अंकले मात्रै बढ्यो। 

कारोबार रकम भने घटेको छ, १३ अर्ब २९ करोड रुपैयाँको सेयर किनबेच भएको छ। हिजो १५ अर्ब बढीको कारोबार भएको थियो। 
बैंकिङ १८, जलविद्युत ४८ र उत्पादन ३७ अंकले घटे। व्यापार १६, होटल तथा पर्यटन २५७, विकास बैंक ४८, फाइनान्स ७०, निर्जीवन बीमा ४४९, जीवन बीमा ४३१, अन्य २० र माइक्रोफाइनान्स समूह ३७ अंकले बढेका छन्। 

चन्द्रागिरि हिल्स, नारायणी डेभलपपमेन्ट र मल्टिपर्पोज फाइनान्सको मूल्य १० प्रतिशतले बढ्यो। सोल्टी होटल र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ८ प्रतिशतले बढेको छ। गुमाउनेमा पन्चकन्य माइ हाइड्रोका लगानीकर्ता अगाडि रहे।

सो कम्पनीको मूल्य ५ प्रतिशतले घट्यो। सिंगटी हाइड्रोको मूल्य पनि करिब ५ प्रतिशत घटेको छ। ग्रीन लाइफ र पाँचथर पावरको मूल्य ४ प्रतिशतले घटेको छ। 

कारोबारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको ३८ करोडको कारोबार हुँदा दोस्रोमा रहेको नेसनल हाइड्रोपावरको ३६ करोडको कारोबार भयो।  

प्रतिक्रिया दिनुहोस