८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनस्वास्थ्यका मापदण्ड लागू गरेर परीक्षा सञ्चालन गर्न निर्देशन

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा जनस्वास्थ्यका मापदण्ड प्रयोग गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले ‘कोभिड–१९ को सङ्क्रमणका बिचमा कक्षा १२ लगायत अन्य परीक्षा सञ्चालन र स्वास्थ्य मापदण्ड’ विषयक छलफलमा जनस्वास्थ्यका मापदण्ड पूरा गरेर मात्र परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।

समिति सभापति जयपुरी घर्तीले परीक्षा केन्द्रमा चिकित्सक, नर्स र औषधिको व्यवस्था गरेर मात्र परीक्षा सञ्चालन गर्न निर्देशन दिइन् । ‘परीक्षार्थीलाई महामारीबाट जोगाउन जनस्वास्थ्यमा मापदण्ड लागू गरी परीक्षा सञ्चालन गर्नुपर्दछ’, उनले भने, ‘सङ्क्रमितलाई छुट्टै कक्षा कोठा व्यवस्था गरिनुपर्दछ ।’

राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा सञ्चालन गर्ने भएको छ । चार लाख परीक्षार्थीले चार हजार ३३५ परीक्षा केन्द्रबाट करिब ९० विषयको परीक्षा दिँदै छन् ।समिति सदस्य गिरिराजमणि पोखरेलले भौतिक उपस्थितिमा परीक्षा सञ्चालनका लागि शिक्षक र विद्यार्थीलाई खोप उपलब्ध गराउनुपर्नेमा जोड दिए। उनले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा विद्यालयले आफैँ आन्तरिक मूल्याङ्कन गरेर पठाउने क्रममा अनियमितता गरेकाले कार्यविधि परिवर्तन गरिनुपर्नेमा सुझाव दिए ।

सदस्य विद्या भट्टराईले विद्यार्थीलाई भिडभाड नगरीकन परीक्षा दिन पाउने वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याइन् । उनले परीक्षा केन्द्रित पढाइ भएकाले पठनपाठन शैलीमा परिवर्तन गर्नुपर्ने धारणा पनि व्यक्त गरिन्। सदस्य मानबहादुर विकले एकै दिन एउटा मात्र परीक्षा गर्ने गरी तालिका बनाउन आग्रह गरिन् । अर्का सदस्य मनकुमारी जिसी, अन्जना विशङ्खेलगायतले पनि विद्यार्थीलाई सङ्क्रमणबाट बचाउन सकिने गरी परीक्षा सञ्चालन गर्न सुझाव दिए ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले समितिले दिएको सुझावअनुसार परीक्षा सञ्चालन गरिने बताए। उनले ‘भर्चुअल’ विधिबाट पढाइ भए पनि दुर्गम क्षेत्रमा इन्टरनेटको समस्याका कारण प्रभावकारी हुन नसकेको बताए ।
सङ्क्रमित विद्यार्थीले पछि परीक्षा दिन पाउने

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले विद्यार्थीलाई सङ्क्रमणबाट जोगाउन छुटृै होमसेन्टरको व्यवस्था गरिएको र अहिलेको परीक्षामा सहभागी हुन नसकेका सङ्क्रमित विद्यार्थीले पछि पनि परीक्षा दिने पाउने जानकारी दिए । ‘सङ्क्रमित भएर पनि परीक्षामा सहभागी हुनसक्ने परीक्षार्थीलाई अलग्गै कक्षा कोठाको व्यवस्था गरेका छौँ’, उनले भने, ‘ती विद्यार्थी परीक्षा सुरु भएको आधा घण्टापछि परीक्षा केन्द्रमा प्रवेश गर्नेछन् । अन्य विद्यार्थीको सकिएको आधा घण्टाको समयसम्म परीक्षा दिन पाउनेछन् ।’

बोर्डले २०० भन्दा बढी विद्यार्थी भएका विद्यालयको परीक्षा केन्द्र दुई वटा हुने जनाएको छ । सदस्यसचिव अर्यालका अनुसार करिब चार लाख विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुँदै छ । पच्चिस विद्यार्थी भएका विद्यालय एक हजार १००, २६ देखि ५० परीक्षार्थी भएका विद्यालय दुई हजार ३००, ५१ देखि १०० सम्म परीक्षार्थी भएका विद्यालय दुई हजार ४०० छन् भने ५०० परीक्षार्थी भएका विद्यालय कमै मात्र छन् ।

प्रश्न पत्र अनलाइन र हातेप्रश्नपत्र

बोर्डले परीक्षाका लागि अनलाइनबाट पनि प्रश्न पत्र पठाउने भएको छ । नब्बे प्रतिशत विद्यालयमा अनलाइनबाट र अन्य विद्यालयमा हाते प्रश्न पत्र पठाइने भएको छ । हाते प्रश्न पत्र र अनलाइनबाट पठाइएका प्रश्न पत्र भने फरक–फरक हुनेछन् । गत वर्ष ४० पूर्णाङ्कको मात्र परीक्षा भएकामा यस पटक १०० पूर्णाङ्कको परीक्षा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस