काठमाडौँ । नेपाल इन्जिनियरिङ सेवा सिभिल समूह हाइवे उपसमूह अन्तर्गत उपसचिव बढुवाका लागि पाँच जनाको नाम सिफारिस गरिएको छ ।
बुधवार बसेको बढुवा समितिको बैठकले उपसचिव (रा.प. द्वितीय श्रेणी) पदमा ज्येष्ठता तथा कार्य सम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि पाँच जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले सुनिल रन्जितकार, कैलाश प्रसाद देव, गोपाल प्रसाद खकुरेल, बलिराज मल्ल र सुबोध कुमार देवकोटालाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
