७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले सङ्गठित भएर अघि बढ्छ : निवर्तमान मुख्यमन्त्री गुरुङ

अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेकपा (एमाले) प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले निकट भविष्यमै पार्टी सङ्गठित भएर अघि बढ्ने बताएका छन्।

मदन भण्डारी फाउन्डेसन कास्कीद्वारा बिहीबार पोखरामा आयोजित ‘पार्टीभित्रको समस्या समाधानमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले आगामी एक–दुई दिनभित्रै पार्टी एकीकरणको टुङ्गो लाग्ने विश्वास व्यक्त गरे ।

‘पार्टीलाई एक ढिक्का बनाउन दोस्रो पुस्ताको नेतृत्वले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ’, उनले भने, ‘पार्टी एकताका लागि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिचको प्रत्यक्ष वार्ताको तयारी भएको छ ।’

नेकपा एमाले केन्द्रीय सचिवसमेत रहेका गुरुङले सङ्गठित पार्टी निर्माणमा सञ्चारकर्मीको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै पार्टीको आगामी महाधिवेशनले अहिले देखिएका असन्तुष्टिको अन्त्यका लागि आवश्यक नीति निर्माण गर्नेमा जोड दिए ।

नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रदेशका पूर्व मन्त्री किरण गुरुङले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाएर लानुको विकल्प नभएको बताउँदै त्यसका लागि मिडियाले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए ।

फाउन्डेसन कास्कीका अध्यक्ष माधव बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष अर्जुन गिरी, फाउन्डेसनका महिला संयोजक हिरा गिरी लगायतले समृद्ध नेपाल निर्माणका लागि पार्टी एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस