८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एन्फाको केन्द्रीय कार्यसमिति बैठक बस्दै

अ+ अ-

काठामाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ ।

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले राजीनामा दिने घोषणा गरेसँगै उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न एन्फाले बैठक बोलाएको हो ।

मुख्य प्रशिक्षक अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले दबाब दिएको आरोप लगाउँदै राजीनामाको घोषणा गरेका थिए ।

मुख्य प्रशिक्षकसँग भएको भनिएको विवाद र पछिल्लो घटना क्रमको छानबिनको माग गर्दै नेम्बाङले निवेदन दर्ता गराएपछि एन्फाले केन्द्रीय समितिको बैठक बोलाएको हो ।

अलमुताइरीले आइतबार सामाजिक सञ्जालमार्फत नेम्बाङले पछिल्लो तीन सातादेखि समस्या उत्पन्न गराएको उल्लेख गर्दै आफूले राजीनामा दिन लागेको बताएका थिए । तर, उनले लिखित राजीनामा भने नबुझाएको एन्फाले जनाएको छ ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले राजीनामा नदिन र केही दिन आराम गर्न भनेपछि उनले लिखित राजीनामा नबुझाएको बताइएको छ । कतार फुटबल सङ्घको सहयोगमा गत चैतमा अलमुताइरीले राष्ट्रिय टोलीको प्रशिक्षक पद सम्हालेका थिए ।

उनको नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्व कप र एसिया कपका ३ गरी कुल ४ खेल खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस