१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटकीय गन्तव्य बन्दै सिन्ती झरना

अ+ अ-

नारायणगढ । नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका–९ मा रहेको यस झरना जिल्ला सदरमुकाम भरतपुरबाट झन्डै २४ किलोमिटर पूर्वमा पर्छ ।

कालिका–९ का वडाध्यक्ष हेमबहादुर क्षेत्रीका अनुसार सिन्ती झरनाको प्रचारप्रसार हुन थालेपछि यहाँ पर्यटक आउन थालेका हुन् । ‘भरतपुर, रत्ननगर, गैँडाकोट, खैरहनी, सौराहा, हेटौँडा, तनहुँसम्मका आन्तरिक पर्यटक झरना हेर्न तथा नुहाउन आइरहेका छन्’, उनले भने, ‘यतिबेला दैनिक २०० को हाराहारीमा आन्तरिक पर्यटक झरनामा आउँछन् ।’ युवायुवती यहाँ आएर गर्मी छल्नेदेखि तस्बिर लिने, टिकटक बनाउने तथा भिडियो लिने गर्दछन् ।

कालिकाको शक्तिखोर–सिद्धि सडकखण्डअन्तर्गत दोगराबाट साढे दुई किलोमिटरको पैदल यात्रापछि सिन्ती झरना पुगिन्छ । सिन्ती झरनासम्म मोटर बाटो पुगेको छैन । यहाँको मोटर बाटोबाट ४० मिनेट उकालो हिँडेपछि झरना पुगिने वडाध्यक्ष क्षेत्री बताउँछन्। कोरोना महामारीका कारण लामो दूरीका पर्यटकीय गन्तव्यमा जाने वातावरण नहुँदा युवापुस्ताको आकर्षण स्थानीय सिन्ती झरनामा बढिरहेको वडा सदस्य लालबहादुर गुरुङले बताए । ‘चार वर्ष अघिसम्म यसको खासै चर्चा थिएन, जनप्रतिनिधि आएपछि झरनाको प्रचार हुन थालेको हो । त्यसपछि आन्तरिक पर्यटक आउन थालेका हुन्’, गुरुङले भने ।

महाभारत पर्वत शृङ्खलाअन्तर्गत सिन्तीखोलाको मुहानबाट निस्किएकाले यसलाई सिन्ती झरना भनिएको उनी बताउँछन् । झरनाको लम्बाइ करिब ५० मिटर रहेको बताइन्छ । सौराहाबाट पथप्रदर्शक र केही आन्तरिक पर्यटक लिएर झरना पुगेका पर्यटन व्यवसायी विजय लामाले झरना अत्यन्तै आकर्षक र सुन्दर रहेको बताए । उनले भने, ‘यसले आन्तरिक पर्यटक मात्र होइन, भोलिका दिनमा सौराहा आउने बाह्य पर्यटकलाई पनि लोभ्याउन सक्नेछ ।’

उनले माथि डाँडाबाट आएको चिसो पानीमा नुहाउँदा आनन्दको महसुस हुने बताए । गर्मी छल्न र मन बहलाउनका लागि उक्त झरना पर्यटकीय गन्तव्य बन्न सक्ने र यसले आन्तरिक पर्यटक मात्र होइन, विदेशी पर्यटकलाई समेत लोभ्याउन सक्ने उनी बताउँछन्। उनले भने, ‘सौराहाबाट पर्यटक लैजान सकिन्छ, तर त्यहाँ उद्यान, होटल, खानेपानी र शौचालयको राम्रो प्रबन्ध हुन जरुरी छ, बाह्य पर्यटकले सुरक्षित महसुस गर्नलाई त्यहाँको सुरक्षा व्यवस्था गर्न प्रहरी बिटको स्थापना गर्नुपर्छ ।’

नगरपालिकाका सूचना अधिकारी अच्युतराज रेग्मीले गुरुयोजना बनाएर झरनाको विकास र प्रचारप्रसार गर्ने तयारी भइरहेको बताए । उनका अनुसार झरनाको गेट निर्माण, बाटोघाटो सुधार, सरसफाइ, विश्राम स्थललगायतका संरचना निर्माण गर्ने गरी गुरुयोजना बनाउन लागिएको छ । झरना स्थलसम्म बिजुली बत्तीको व्यवस्था, झरना जाने पैदल मार्ग सुधार, व्यवस्थित शौचालय निर्माण गरी यसको प्रचारप्रसारसम्मको भूमिका बढाउने गरी योजना तयार पारिरहेको उनले बताए । उनले भने, ‘यसका लागि नगरपालिकाले कार्यविधि बनाउँदै छ ।’

प्रतिक्रिया दिनुहोस