९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी हिरासतमा रहेका एक थुनुवा झुन्डिएको अवस्थामा मृत फेला

अ+ अ-

जनकपुर । धनुषा प्रहरीको हिरासतमा रहेका एक थुनुवा शुक्रवार बिहान झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

धनुषाको लक्ष्मीनिया गाउँपालिका २ सिनुरजोडा बस्ने ४० वर्षीय पल्टु रविदासको शव जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको हो।

रविदासले शौचालयको भेन्टिलेसनमा आफ्नै गन्जीले पासो लगाएर आत्महत्या गरेको धनुषा प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयले बिहान साढे ४ बजेतिर शौचालयमा झुन्डिएको अवस्थामा शव फेला परेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।

भाइसँगको आपसी विवादमा ज्यान मार्ने उद्योग तथा अङ्गभङ्ग मुद्दामा पक्राउ परेका रविदासलाई धनुषा जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

तर, आर्थिक अवस्था कमजोर भएको हुँदा रविदासले धरौटी बुझाउन नसक्ने भएपछि अदालतले उनलाई सिन्धुली कारागार पठाउन आदेश दिएको थियो। कारागार पठाउनको लागि हिरासतमा राखिएका रविदासले तनावमा आएर आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

यता, परिवारजनले हिरासत आत्महत्या गर्न कतिको सम्भव भएको बताउँदै घटनाको सूक्ष्म अनुसन्धान गर्न माग गरेका छन्।

हिरासतमा आत्महत्याबारे घटनाको जानकारी लिन तथा अनुगमन गर्न मानवअधिकारकर्मीहरूको टोली बिहानै पुगेर घटनास्थलको बिहानै अवलोकन गरेका छन्।

प्रतिक्रिया दिनुहोस