८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेको नयाँगाउँमा पुग्यो सशस्त्र प्रहरी बल

अ+ अ-

राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित नयाँगाउँमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको चौकी स्थापना भएको छ ।

नेपाल–भारत सीमानाकाअन्तर्गत प्रत्येक १० किलोमिटरको फरकमा सशस्त्र प्रहरी बलको एउटा बिओपी राख्ने सरकारको नीतिअनुरुप यस वर्ष राप्तीसोनारी गाउँपालिकाको नयाँगाउँस्थित गुर्दनगौडीमा बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल ४२ नम्बर गण शम्शेरगञ्ज बाँकेका प्रहरी उपरीक्षक प्रकाशकुमार सुवेदीले जानकारी दिए ।

उनका अनुसार राप्तीसोनारीकै बानवा नाकामा पनि बिओपी स्थापना गरिने भएको छ । सशस्त्र प्रहरी बलको बिओपी स्थापनासँगै त्यस क्षेत्रमा खटिने सशस्त्र प्रहरी बलबाट नेपाल–भारत सीमास्तम्भको सुरक्षाका साथै नागरिकको पनि सुरक्षा हुनेछ ।

करिब डेढ दशकअघि पत्ता लागेको नयाँगाउँका रूपमा परिचित उक्त ठाउँमा स्थानीयवासीले आफूहरु भारतीय सुरक्षाकर्मी र तस्करहरुको दोहोरो असुरक्षामा रहेको भन्दै सुरक्षा चौकीको माग गर्दै आएका थिए । बिओपी स्थापनापछि चोरी पैठारी नियन्त्रण हुनुका साथै जनताले शान्तिको महसुस गर्ने राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले बताए । उनले जनतासँग समन्वय गरेर सम्बन्ध सुमधुर बनाई काम गर्न सशस्त्र प्रहरीलाई आग्रह गरे ।

बाँकेको दक्षिणी नाकामा सशस्त्र प्रहरीले बिओपी निर्माणलाई तीव्रता दिइएको सशस्त्र प्रहरी बल ३० नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक अशोककुमार बमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस