काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी छन् ।
सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बलाधिकृत शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी हुन् ।
