८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा सम्बन्ध विच्छेदका घटना बढ्दै

अ+ अ-

डोटी । पछिल्लो केही वर्ष यता डोटीमा सम्बन्ध विच्छेदका घटनाहरू वार्षिकरुपमा बढिरहेका छन् । जिल्ला अदालत डोटीले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५/७६ मा १९ वटा आर्थिक वर्ष २०७६/०७७मा १९ र आर्थिक वर्ष २०७७/०७८ मा २५ वटा सम्बन्ध विच्छेदका घटनाहरू भएको तथ्याङ्क छ ।

तीन वर्षको तथ्याङ्कलाई आकलन गर्दा उमेर समूहका आधारमा हेर्दा सबै भन्दा बढी २० देखि ३५ उमेर समूहका महिला पुरुषहरूको सङ्ख्या अत्यधिक रहेको छ । जसमा पुरुष भन्दा महिलाको तर्फबाट बढी घटनाहरू दर्ता हुने गरेको देखिन्छ ।

आर्थिक वर्ष २०७७/०७८ मा हेर्दा जम्मा दर्ता भएका २५ घटनाहरू मध्ये १४ वटा घटना महिलाहरूको तर्फबाट दर्ता भएका छन् भने ११ वटा घटना पुरुषकोतर्फबाट दर्ता भएको देखिन्छ । उमेरगत किसिमले हेर्दा २० देखि ३० वर्ष उमेर समूहका १५ वटा घटना र ३० वर्ष भन्दा माथिका उमेर समूहका १० वटा घटना दर्ता भएका छन् ।

पछिल्लो समयमा विभिन्न कारणले गर्दा सम्बन्ध विच्छेदका घटनाहरू बढ्ने गरेको अधिवक्ता कैलाश साउद बताउँछन् । उनी भन्छन्, ‘सम्बन्ध विच्छेदका घटनाहरू बढ्नुमा मुख्य कारण अपरिपक्व उमेरमा विवाह हुनु, पारिवारिक व्यवस्थापनमा ध्यान नदिनु, श्रीमान् वैदेशिक रोजगारमा विदेश जाँदा श्रीमतीलाई सहरी क्षेत्रमा राख्न खोज्ने परिपाटीले घटनाहरू बढ्ने गरेका छन् ।’

सम्बन्ध विच्छेदका घटनाहरू बढ्नाले सामाजिक कुरितिकोरुपमा विकास हुन सक्ने खतरा बढ्ने गरेको जिल्ला समन्वय समिति डोटीकी उपप्रमुख शशी शोपको भनाइ छ । उनले भनिन्,‘सम्बन्ध विच्छेदको लागि यही कारण मात्र हो भन्ने छैन तर पनि पछिल्लो समयमा हेर्दा महिला र पुरुषको एकै प्रकारको पारिवारिक अवस्था नहुनु, सानै अपरिपक्व उमेरमा विवाह गर्नु, बेरोजगार हुनु, श्रीमानको सहरको र श्रीमतीको गाउँको बसाई र सामाजिक सञ्जालको दुरुपयोगका कारण घटनाहरू बढ्ने गरेको बताइन् ।

छोरा मान्छे वैदेशिक रोजगारमा जाँदा पारिवारिक व्यवस्थापन ध्यान नदिने, सामाजिक सञ्जालको दुरुपयोग, सानै उमेरमा विवाह गर्ने जस्ता कारणले सम्बन्ध विच्छेदका घटनाहरू बढ्ने गरेको डोटीकी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् । उनले जो कोहीले विवाह गर्नु भन्दा सम्बन्ध टिकाउने कुरा महत्त्वपूर्ण रहेकोसमेत बताइन् ।

सम्बन्ध विच्छेदका घटनाहरूमा कमी ल्याउन परिपक्व उमेरमा विवाह गर्ने, पारिवारिक व्यवस्थापनमा ध्यान दिने, सकारात्मक सोचको विकास गर्ने, श्रीमान् र श्रीमतीले एक अर्कालाई पूर्ण रूपमा विश्वास लिने जस्ता कारणले कमी हुन सक्ने सामाजिक अभियन्ताहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस