१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अफगानिस्तानमा शान्ति सेना पठाउने विषयमा सोचिएको छैन’ : राजदूत तिरुमूर्ति

अ+ अ-

संयुक्त राष्ट्रसङ्घ । अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना पठाउने विषयमा अहिले नसोचिएको संयुक्त राष्ट्रसङ्घका लागि भारतीय राजदूतले बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घका लागि भारतीय राजदूत टिएस तिरुमूर्तिले सो कुरा बताएका हुन् ।

उनले भनेका छन्, हामीले अहिले नै अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना पठाउने बारेमा केही सोचेका छैनौँ, मलाइ लाग्छ यो अहिलेको अवस्थाको समाधानका लागि शान्ति वार्ता नै विकल्प हुनसक्छ ।

हाल भारत संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अध्यक्ष रहेको छ । अध्यक्षको हैसियतमा तिरुमूर्तिले सो कुरा बताएका छन् ।

उनले भनेका छन् कि तर हाल अफगानिस्तानको अवस्था निकै नै कमजोर भएको छ, त्यहाँका तालिबानीले हिंसालाई बढावा दिएका छन् र विभिन्न सहरमा उनीहरुले आक्रमण गरेको समाचार आइरहेका छन् ।

राजदूत तिरुमूर्तिले सुरक्षा परिषद्को बैठकमा बोल्दै संयुक्त राष्ट्रसङ्घले अझै पनि अफगानिस्तानको समस्याको समाधान वार्ताबाटै गर्नुपर्छ भन्ने ठानेको छ भने ।

हेल्माण्डमा सेना र तालिबानीबीच भीषण भिडन्त

उता अफगानिस्तानको दक्षिणी हेल्माण्ड प्रान्तमा तालिबानीसँग भीषण भिडन्त जारी नै रहेको समाचारमा आएको छ ।

अफगानिस्तानको सेना र अमेरिकी सेनाले सो क्षेत्रमा हवाई हमला जारी राखे पनि दक्षिणी हेल्मान्ड प्रान्तको एक सहर लस्कर गाहमा तालिबानीले कडारुपमा प्रतिवाद गरिरहेको बताइएको छ ।

सोमबार प्राप्त भएको समाचारमा उक्त सहरमा तालिबानले एउटा टेलिभिजन स्टेसन नै कब्जामा लिएका बताइएको छ ।

यहाँका प्रत्यक्षदर्शीले दिएको जानकारीअनुसार यहाँका ग्रामीण क्षेत्रका कैयौँ मानिसले कतिपय गाउँका खाली भवन तथा कार्यालयमा शरण लिएर बसेका छन् ।

केही दिनयता अफगान तालिबानीले आक्रमणलाई तीव्र बनाएपछि विद्रोहीसँग लड्न ठुलो सङ्ख्यामा थप अफगान सैनिक परिचालन गरिएको छ ।

यसअघि सो क्षेत्रमा अमेरिकी सेना करिब बीस वर्षसम्म रहेका अमेरिकी सेना हालै मात्र त्यहाँबाट हटेपछि अहिले अफगानिस्तानको सेनाले सुरक्षा दिँदै आएको थियो ।

केही दिनयता सो क्षेत्रमा तालिबानीले तीव्र रूपमा आक्रमण गरेर कैयौँ भू–भाग कब्जा गर्ने प्रयास गरिरहेका छन् । उनीहरुले केही स्थान त कब्जामा लिइसकेको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस