७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इचंगु नारायण मन्दिरबाट राधाकृष्णका चार मूर्ति चोरी

अ+ अ-

काठमाडौँ । नागार्जुन नगरपालिका–३ मा रहेको इचंगु नारायण मन्दिरबाट राधाकृष्णका चार मूर्ति चोरी भएका छन् ।

लिच्छविकालीन मन्दिरमा आज बिहान पुजारी श्रीमद् राजोपाध्याय पूजा गर्न जाँदा राधाका दुई र कृष्णका दुई गरी चार मूर्ति नपाइएपछि चोरी भएको थाहा पाइएको वडाध्यक्ष प्रेमलाल श्रेष्ठले बताए । मन्दिरमा रहेका सुनचाँदी नहराएको तर पित्तल एवं ढलोटबाट बनेका राधा र कृष्णका साना चार मूर्ति चोरी भएका छन् ।

दुई तले मन्दिरको तल्लो तलामा इचंगु नारायणको मूर्ति छ । चोर मन्दिरको माथिल्लो तलाबाट छिरेको हुनसक्ने महानगरी प्रहरी वृत्त स्वयम्भूले जनाएको छ । माथिल्लो तलाको ग्रील फोरेर तल्लो तलामा झरी मूर्ति चोरी गरिएको घटनाका विषयमा थप अनुसन्धान भइरहेको वृत्तका प्रहरी प्रमुख मिलन केसीले जानकारी दिए ।

मन्दिरमा रहेका सुन एवं चाँदीका माला भने त्यहीँ भेटिएको उनले बताए । अहिलेसमेत तीन पटक मन्दिरबाट मूर्ति चोरी भएको स्थानीयवासी बताउँछन् । पहिलो पटक चोरी हुँदा चोर समातिएको थियो । दोस्रो पटक मूर्ति नभेटिएपछि नयाँ मूर्ति बनाएर राखिएको थियो । त्यस बेला मूर्तिसँगै मन्दिरका दुई टुँडाल पनि चोरी भएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए।

भक्त वाइके पाण्डे र सूर्यमान श्रेष्ठले इचंगु नारायण मूर्तिको वरिपरि राख्ने गरी करिब आठ मूर्ति चढाएका थिए । ऐतिहासिक, पुरातात्त्विक एवं धार्मिक, सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मन्दिर भए पनि सुरक्षाको व्यवस्था हुन नसक्दा पटक पटक चोरी हुने गरेको स्थानीयवासी बताउँछन् ।

काठमाडौँ उपत्यकाका चार नारायणमध्येको कान्छो नारायणका रुपमा पुजिने इचंगु नारायणमा हरिशयनी एकादशी र हरिबोधनी एकादशीका दिन विशेष मेला लाग्छ ।

हरिशयनीदेखि हरिबोधनी एकादशीका चार महिनामा पनि मन्दिरमा धेरै भक्तजन आउने गरेकामा गत वर्ष र यस वर्ष भने कोरोना महामारीका कारण केही स्थानीय भक्तजन मात्र आउने गरेका छन् । महामारीका बिच पनि नित्य पूजा आराधना भने जारी रहेको पुजारी राजोपाध्यायले सुनाए ।

प्रतिक्रिया दिनुहोस