१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टोकियो ओलम्पिक : ७० पदकसहित चीन शीर्ष स्थानमा कायमै

अ+ अ-

काठमाडौँ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७० पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ ।

अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म ३२ स्वर्ण, २२ रजत र १६ कास्य पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले २५ स्वर्ण, ३१ रजत र २३ कास्य पदक प्राप्त गरेको छ भने जापानले २१ स्वर्ण, सात रजत र १२ कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै बेलायत १५ स्वर्ण, १८ रजत र १५ कास्य पदक प्राप्त गर्दै चौथो स्थानमा उक्लेको छ । अस्ट्रेलिया १५ स्वर्ण, चार रजत र १७ कास्य पदकसहित पाँचौँ स्थानमा छ ।

यसैगरी रसियन ओलम्पिक कमिटी पदक तालिकाको छैटौँ स्थानमा झरेको छ । उसले १४ स्वर्ण, २१ रजत र १८ कास्य पदक प्राप्त गरेको छ । जर्मनी नौ स्वर्ण, आठ रजत र १६ कास्यसहित सातौँ, फ्रान्स छ स्वर्ण, १० रजत र नौ कास्यका साथ आठौँँ, इटली छ स्वर्ण, नौ रजत र १६ कास्य जित्दै नवौँ तथा नेदरल्याण्डस् छ स्वर्ण, आठ रजत र नौ कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ८५ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए । सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंह तथा एथलेटिक्सकी सरस्वती चौधरीले आ–आफ्नो खेलमा प्रतिस्पर्धा गरेका थिए । पाँचै खेलाडी टोकियो ओलम्पिकबाट बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस