१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोकप्रिय बन्दै छ छोरी बचत खाता कार्यक्रम

अ+ अ-

रुकुम । रुकुम (पूर्व) को सिस्ने गाउँपालिकाले गत आर्थिक वर्षमा ८१ छोरीका ‘छोरी बचत खाता’ खोलेको छ ।

गत आवदेखि कार्यान्वयनमा ल्याइएको सो कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्र जन्मेका ती छोरीको खाता सञ्चालनमा ल्याइएको हो । गाउँपालिकाले सिस्ने –५ मा अवस्थित कृषि विकास बैङ्कमा खाता खोलिदिएको छ ।

गाउँपालिकाले गत साउनदेखि जन्मिएका छोरीको खाता खोलेर रु पाँच हजार जम्मा गरिदिँदै आएको छ । गाउँपालिकाले तोकेको मापदण्ड पूरा गरी जन्मिएका सबै छोरीको खाता खोलिदिएको अध्यक्ष कुमारी बरालले जानकारी दिइन् । छोरी बचत खाताका लागि अनिवार्य रूपमा चार पटक गर्भ जाँच गराएको हुनुपर्ने छ । यस्तै स्वास्थ्य संस्थामै सुत्केरी भएको हुनुपर्ने र छोरी जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएको हुनुपर्ने उनले बताइन् ।

सबै प्रक्रिया पूरा भएपछि वडाको सिफारिस लिएर गाउँपालिकामा पुगे गाउँपालिकाले नै छोरी बचत खाता खोलिदिने गरेको छ । सोही क्रममा कार्यक्रम सुरुआत गरेको पहिलो वर्ष अर्थात् गत आवमा ती छोरीको खाता खोलिएको गाउँपालिकाले जनाएको छ । चालु आवको खाता भने अगामी भदौबाट खोल्न सुरु गरिने गाउँपालिकाले जनाएको छ । उनका अनुसार छोरी बचत खाता कार्यक्रमको रकम छोरी २० वर्ष पुगेपछि मात्रै निकाल्न पाइने छ ।

यसका लागि २० वर्ष नपुगी विवाह नगरेको र पढाइ निरन्तरता हुनुपर्ने छ । बीस वर्षपछि उक्त रकम छोरीले निकालेर आफैँ चलाउन पाउने गरी गाउँपालिकाले कार्यविधि तयार पारेको छ । बीस वर्ष नपुगी छोरीले विवाह गरेमा सो रकम गाउँपालिकाको खातामा फिर्ता हुने गाउँपालिकाले जनाएको छ । बालविवाह रोक्ने, बीस वर्षसम्म निरन्तर छोरीलाई पढाउने, उच्च शिक्षा अध्ययन गर्न चाहेमा पनि २० वर्षपछि उक्त रकम निकालेर अध्ययन गर्न मिलोस् भन्ने उद्देश्यले छोरी बचत कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष बरालले बताइन्।

बचत कार्यक्रमबाट छोरीको सुरक्षालाई प्राथमिकतामा राखिएको छ । यस कार्यक्रम गाउँपालिकामा निकै नै प्रभावकारी भएको पाइएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस