काठमाडौँ । साताको अन्तिम दिन नेपाली बजारमा सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको छ ।
हिजो (बिहीबार) तोलामा ९२ हजार रुपैयाँ रहेको सुनको भाउ आज ९१ हजार ५ सय रुपैयाँमा झरेको छ ।
अन्तराष्ट्रिय बजारमा आएको उतारचढावकै कारण सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलामा आज १२ सय ६५ रुपैयाँ छ ।