८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकल्पसहित कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गर्न सरकारलाई सुझाव

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले सरकारलाई कक्षा १२ को परीक्षा विकल्पसहित स्थगित गर्ने निर्णय गर्न सुझाव दिएका छन् ।

शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कक्षा १२ को परीक्षा रोक्न एमसीसीलाई सिफारिस गरेसँगै नेता थापाले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा विद्यार्थीलाई अलमल नपार्ने गरी विकल्पसहित निर्णय गर्न आग्रह गरेको जानकारी दिएका छन् ।

प्रधानमन्त्री देउवाले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी निर्णय गर्ने विश्वास दिलाएका छन् ।

उनले शनिवार सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै लेखेका छन्,‘हिजो पीएमसँगको भेटमा परीक्षा रोक्न गरेको सिफारिसका सन्दर्भमा स्थगित मात्र होइन विद्यार्थीलाई अलमलमा नपार्ने गरी विकल्पसहित निर्णय गर्न आग्रह गरेका छौँ।प्रमज्यूले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी निर्णय गर्ने विश्वास दिलाउनु भएको छ।’

कोरोना सङ्क्रमण बढिरहेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार कक्षा १२ को परीक्षा स्थगित गर्न एमसीसीलाई सिफारिस गरेको थियो ।

राष्ट्रिय परीक्षा बोर्डले भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै साउन ३१ देखि कक्षा १२ को परीक्षा सुरु गर्ने तय गरेको छ । परीक्षा अगावै अनिवार्य रूपमा पीसीआर परीक्षण गर्ने, परीक्षा केन्द्रमा स्वास्थ्य परीक्षण गर्ने र केन्द्रमा हेल्थडेस्क राख्ने लगायतको तयारी बोर्डको छ ।

प्रतिक्रिया दिनुहोस