७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीका कारण मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउन माग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सिन्धुपाल्चोकमा बाढीका कारण मृत्यु भएका मृतक र बेपत्ता परिवारलाई उचित राहत उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ ।

सो पार्टीका अध्यक्ष पशुपति शम्शेर जबरासहितको टोलीले आज बाटुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाललाई ज्ञापनपत्र बुझाउँदै सिन्धुपाल्चोकका पाँचपोखरी गाउँपालिका, हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा आएको भिषण बाढी क्षेत्रका पीडित परिवारलाई तत्काल राहतको प्याकेज उपलब्ध गराउनुपर्ने माग गरेको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘बाढीबाट क्षति भएका भौतिक संरचना पुल, शिक्षण संस्था, विद्युत् आदिको तत्काल वैकल्पिक माध्यमबाट र भविष्यमा दीर्घकालीनरुपमा पुनःनिर्माण गर्न र हालसम्म विस्थापित भएका परिवारलाई सुरक्षित स्थानको पहिचान गरी पुनःस्थापना गर्न माग गर्दछौँ ।’

सो पार्टीले अहिले पनि निरन्तररुपमा बाढी गइरहेकाले तत्काल विशेषज्ञको टोली खटाएर बाढीका कारण र अब बाढीले क्षति पुर्याउने स्थानको पहिचान गरीस्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नसमेत अनुरोध गरेको छ ।

सोही अवसरमा प्रधानमन्त्री देउवाले राहत र उचित व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष जबराले बाढीको कटानबाट खेतीयोग्य जमिन जोगाउनका लागि तत्काल तटबन्ध निर्माण कार्य अगाडि बढाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस