१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मैलुङ खोलाको आईपीओ बाँडफाँट, करिब २० लाख आवेदकको हात खाली

अ+ अ-

काठमाडौँ । मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणमा निष्कासन गरेका आईपीओ आज (मंगलबार) बाँडफाँट भएको छ ।

कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा मंगलबार बिहान ९ बजे आईपीओ बाँडफाँट भएको हो। आवेदकमध्ये ६८ हजार ४ सय ६८ जनाले १० कित्ता र ६ जनाले ११ कित्ताका दरले शेयर पाएका छन्।

कम्पनीका अनुसार आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन गरेका थिए। त्यसमध्ये २ हजार ८ सय ४३ जनाको आवेदन रद्द भएको थियो । सदर आवेदक २० लाख ६५ हजार १२४ जनामध्येबाट गोलाप्राथा गरी आईपीओ बाँडफाँट सिद्धार्थ क्यापिटलले जनाएको छ।

कम्पनीले साउन १४ बिहीबारदेखि प्रतिशेयर १०० अङ्कित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्कासनमा ल्याएको थियो। त्यसमध्ये २ प्रतिशत अर्थात् १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । त्यसपछि बाँकी रहने ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणलाई बाँडफाँड गरेको हो।

हाल कम्पनीको चुक्ता पुँजी २९ करोड ४५ लाख १४ हजार ४०० रुपैयाँ रहेको छ। सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात् कम्पनीको चुक्ता पुँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुग्नेछ।

आईपीओको नजिता बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट, मैलुङ खोलाको वेबसाइट, सिडिएससीको आईपीओ हेर्ने वेबसाइट, मेरो शेयर गरी चार स्थानबाट हेर्न सकिन्छ।

आईपीओ बाँडफाँडपछि हाल बिक्री प्रबन्धकले डेटा प्रशोधनको कार्य गरिरहेको छ। डेटा प्रशोधनको काम सकिएपछि दिउँसो मात्र आईपीओ बाँडफाँटको नतिजा हेर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस