१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेयर बजारमा फेरि नयाँ रेकर्ड, ५२ अङ्कले बढ्यो नेप्से परिसूचक

अ+ अ-

काठमाडौँ । मंगलबार सेयर बजारमा उच्च अङ्कको रेकर्ड बनेको छ। यस दिन ५२ अङ्कले बढेर परिसूचक ३ हजार १६१ अङ्कमा पुगेको हो। यसअघि साउन २० गते ३ हजार १ सय २३ अङ्कको उच्च रेकर्ड बनेको थियो।

यस दिन १७ अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। उच्च कारोबार रकमको रेकर्ड भने गत जेठ ३० गते १९ अर्ब ५५ करोडको बनेको छ।

समूहगत रुपमा हेर्दा बैङ्किङ ३९, विकास बैङ्क ४०६, फाइनान्स १९०, जीवन बिमा २११, उत्पादन ४४, माइक्रो फाइनान्स ७३, निर्जीवन बिमा समूह १४२ र अन्य समूह ८ अङ्कले बढेका छन् ।

व्यापार समूह ६७ अङ्कले घट्यो भने होटल तथा पर्यटन ८ र जलविद्युत समूह २ अङ्कले घटे।

यस दिन १५ कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेको छ। ज्योति विकास, सिन्धु विकास, गुहेश्वरी मर्चेन्ट बैङ्क, कामना सेवा, बेष्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, महालक्ष्मी विकास बैङ्क, जीवन विकास लघुवित्त, आइसिएफसी फाइनान्सको मूल्य १० प्रतिशतले बढेको छ।

साइन रेसुङ्गा डेभलपमेन्ट, युनियन लाइफ, माउन्टेन इनर्जी, साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ।

यस दिन कारोबारका आधारमा माथिल्लो तामाकोसी अग्रस्थानमा रह्यो। सो कम्पनीको ८९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो।

कम्पनीको मूल्य ६.७ प्रतिशतले बढेको छ। अरुणभ्यालीको ५३ करोडको कारोबार भयो भने अपी पावरको ५१ करोड तथा ज्योति विकासको ४८ करोड रुपैयाँको सेयर किनबेच भयो।

प्रतिक्रिया दिनुहोस