१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दार्चुला घटना छानबिन समितिको म्याद सात दिन थपियो

अ+ अ-

काठमाडौँ । सरकारले दार्चुला घटनाको छानबिनका लागि गठित समितिको म्याद सात दिन थपेको छ ।

साउन १५ गते शुक्रवार दार्चुला जिल्लाको व्यास गाउँपालिका– २, मालघाटबाट भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाने क्रममा ३३ वर्षीय जयसिंह धामीलाई महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको डोरी काट्दा डुबेर बेपत्ता भएका थिए।

महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको खोजी र घटनाको यथार्थ छानबिन गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

सम्बन्धित समाचार : दार्चुला घटनाबारे छानबिन गर्न सहसचिवको संयोजकत्वमा समिति गठन

उक्त घटनाको यथार्थ छानबिन गरी १० दिन भित्र सत्य तथ्य रिपोर्ट पेस गर्न समितिलाई जिम्मेवारी दिइएको थियो । तर घटनाको यथार्थ पत्ता लगाउन अझै केही समय लाग्ने भएकाले थप सात दिन समय थप्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।

छानबिन समितिलाई महाकाली नदीको सीमासम्म नै अनुसन्धान गर्नका लागि समय दिइएको हो । यो घटनाबारे यथार्थ जानकारी दिन प्रतिनिधि सभाले मंगलबार सरकारलाई रुलिङ पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस