८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्चनपुरमा नौ प्रतिशतले लगाए कोरोना विरुद्धको खोप

अ+ अ-

महेन्द्रनगर । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमको जिल्लाका रुपमा चिनिएको कञ्चनपुरमा हालसम्म नौ प्रतिशत नागरिकले मात्रै कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यहाँ कोरोना विरुद्धको खोप अभियान थालिएको सात महिना पुगिसक्दा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, सरसफाइकर्मीलगायत लक्षित वर्गका ४१ हजार ७१० जनाले मात्रै पूर्ण खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप प्रमुख जनक कुँवरले यहाँ कोभिशिल्ड, भेरोसेल र ‘जोन्सन एण्ड जोन्सन’ गरी तीन प्रकारका खोप विभिन्न समयमा लगाइएको जानकारी दिए । उनका अनुसार ३० हजार २२४ जनाले कोभिशिल्ड खोप लगाएकोमा ६ हजार ७४० जनाले मात्रै पूर्ण खोप ९दुवै मात्रा० लगाएको जानकारी दिए । त्यसै गरी ३९ हजार ६९५ जनाले भेरोसेल खोप लगाएकोमा सात हजार ५७० जनाले मात्रै खोपको दुवै मात्रा लगाएको खोप प्रमुख कुँवरले बताए।

त्यसै गरी जोन्सन एण्ड जोन्सन खोप २७ हजार चार सय जनाले लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘कोभिशिल्डको दोस्रो मात्रा साउनको अन्तिम साता आइपुग्ने बताइएको छ ।’ उनले भने,’भेरोसेलको दोस्रो मात्रा भदौ दोस्रो सातादेखि लगाइने तयारी छ ।’

विसं २०६८ को राष्ट्रिय जनगणना अनुसार कञ्चनपुरको कूल जनसङ्ख्या चार लाख ५१ हजार २४८ रहेको छ । तीमध्ये नौ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण कञ्चनपुरमा हालसम्म १८७ जनाले ज्यान गुमाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

‘हामीकहाँ खोप राख्ने क्षमता दश हजार डोज मात्रै हो’, खोप प्रमुख कँवरले भने, ‘खोप राख्नका लागि नयाँ कोल्ड रुम बनाउने गृहकार्य भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस