८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक तथ्याङ्क तोडमोड गरियो : पुर्वअर्थमन्त्री पौडेल

अ+ अ-

काठमाडौँ । पुर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक अवस्थाको तथ्याङ्कका विषयमा सत्ता र प्रतिपक्षसँग कुनै विमति नहुने र तथ्यहरुको तोडमोड गर्न नमिल्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेकपा (एमाले) का नेता पौडेलले अर्थमन्त्री जनार्दन शर्माबाट प्रस्तुत मुलुकको आर्थिक स्थितिको वक्तव्यले पूर्ववर्ती सरकारलाई आरोपित गर्ने काम गरेको टिप्पणी गरे ।

पौडेलले सामान्य स्थिति र कोभिडपछिको स्थितिबीचको तुलना गरिनु उपयुक्त नहुने उनले स्पष्ट गरे । नेता पौडेलले तथ्यहरुलाई स्वीकार गरेर अघिल्लो सरकारले चालेका न्यायपूर्ण समाजको निर्माण र समृद्धितर्फको यात्रातर्फका कदमहरुलाई दोषारोपण नगर्न आग्रह गरे । उनले हालसम्म सञ्चालित ठूला आयोजना र मुलुकको विकासमा सकारात्मक रुपान्तरणका लागि ल्याइएका कार्यक्रमको निरन्तरताबारे जिज्ञाशा राखेका थिए ।

उनले कोभिडका कारणले पछिल्ला वर्षमा आर्थिक वृद्धिदर घटेको तथ्यलाई नयाँ सरकारले बेवास्ता गरेर श्वेतपत्र ल्याएको आरोप लगाउँदै अघिल्लो सरकारले विकास खर्चका लागि ऋण लिनुपर्ने स्थितिलाई चिर्दै लिइएको ऋणलाई पूर्वाधार विकासमा प्रयोग गर्न सुझाव दिए ।

नेपाली कांग्रेसका गगनकुमार थापाले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले केहीदिन अघि सदनमा दिएको वक्तव्यको आलोचना गर्दै उनले तीन वर्ष सरकार चलाउँदा प्रतिपक्षसँग कुनै संवाद नगरिएको स्मरण गराए ।

उनले नयाँ सरकारलाई बोलीभन्दा काममा उत्रन आग्रह गर्दै एक महिनासम्म मन्त्रिपरिषद्लाई पूर्णता नदिएकामा चिन्ता व्यक्त गरे । उनले अर्थमन्त्रीले श्वेतपत्र सार्वजनिक गरिसक्नुभएकाले अब सङ्कल्पपत्र आवश्यक भएकामा जोड दिए ।

सोही पार्टीका देवेन्द्रराज कँडेलले सीमा क्षेत्रमा भएका चोरी तस्कारी रोक्न कुनै प्रभावकारी कदम नचालिएको बताए । नेकपा (माओवादी केन्द्र) का मातृकाप्रसाद यादवले प्रतिनिधिसभा जनादेशबाट सिर्जित भएकाले अहिलेको सरकारलाई परमादेशबाट बनेको भन्ने आरोप पटक पटक नलगाउन आग्रह गरे ।

जनता समाजवादी पार्टीका सूर्यनारायण यादवले अघिल्लो सरकारले आर्थिक स्थितिको विश्लेषण नगरी अध्यादेशबाट बजेट ल्याएको टिप्पणी गरे । नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले माओवादी शिविर व्यवस्थानका क्रममा भएका खर्चको छानबिन गर्न माग गरे । सांसद् सुरेशकुमार राईले भारतसँगका असमान सन्धी सम्झौता पुनरावलोकन गर्न माग गरे । सांसद् रेणुका राईले भुपु ब्रिटिश गोर्खाली सेनालाई बेलायती सरकारले गरेको विभेदपूर्ण व्यवहार सच्याउनुपर्ने बताए ।

बैठकमा प्रतिनिधिसभाका सचिव गोपीनाथ मैनालीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘स्टाण्डर्स नाप र तौल (पाँचौ संशोधन) विधेयक, २०७६’ सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबल गरे ।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन २९ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस