६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ईञ्जिनियरिङ कलेजका विद्यार्थीहरू आन्दोलनमा

अ+ अ-

काठमाडौँ । काठमाडौँको विभिन्न  ईञ्जिनियरिङ कलेजका विद्यार्थीहरू आन्दोलनमा छन् ।

कोरोनाका कारण पठनपाठन अनलाइनबाट भइरहे पनि प्राक्टिकल, टुर, फिल्ड स्टडी लगायतका अन्य क्रियाकलाप नभए पनि शुल्क भने कलेजले सामान्य अवस्थाकै जस्तो माग गरेपछि विद्यार्थीहरू आन्दोलनमा बसेका हुन् ।

हिमालयन कलेज अफ ईञ्जिनियरिङमा पढ्ने विद्यार्थीलाई प्रहरीले हस्तक्षेप समेत गरेको थियो। यहाँका विद्यार्थीहरू रिले अनसनमा बसेका छन्।

३५ प्रतिशत शुल्क घटाउन माग गर्दै विद्यार्थीले रिले अनसन गरेको एक साता हुन लागिसकेको छ, तर पनि उनीहरुको माग भने सुनुवाइ भइसकेको छैन ।

क्याम्पसले भदौ २८ गतेका लागि परीक्षा तोकिसकेको छ। विद्यार्थी विवेक ज्ञवालीका अनुसार परीक्षा तालिका आइसके पनि शुल्क नबुझाउनेलाई क्याम्पसले फारम भर्न दिएको छैन ।

एडभान्स इन्जिनियरिङ कलेज, सगरमाथा इन्जिनियरिङ कलेज, काथफोर्ड इन्जिनियरिङ कलेजलगायतमा पनि विद्यार्थीले आन्दोलन र धर्ना दिइरहेका छन् ।

अनलाइनबाट पढाए पनि भौतिक रूपमा विद्यार्थी उपस्थित भएकै बेलाको जस्तो गरी पुरै शुल्क तिर्न क्याम्पसहरूले ताकेता गरेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका छन् ।

विद्यार्थीका जायज माग क्याम्पसहरूले बेलैमा सुनुवाइ नगरेमा आन्दोलन गर्ने चेतावनी नेविसंघले दिएको छ। नेविसंघ पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीले विद्यार्थीका माग सुनुवाइ गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस