७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चनौटेस्थित रातोपुल बगाएको स्थानमा बेलिब्रिज तत्काल निर्माण प्रारम्भ गरिने

अ+ अ-

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाको चनौटे स्थित रातो पुल बाढीले बगाएको स्थानमा बेलिब्रिज बन्ने भएको छ ।

सिंहदरबारमा मङ्गलबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खोलामा आएको बाढीले बगाएका पुलको ठाउँमा स्थानीय सरकारसँग समन्वय गरेर बेलिब्रिज वा यान्त्रिक पुल राख्न निर्देशन दिएअनुसार शुक्रबार हेलम्बु पुगेको प्राविधिकसहितको टोली उक्त स्थानमा बेलिब्रिज हाल्ने निष्कर्षमा पुगेको हो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का सदस्यसचिव अनिल पोख्रेलको नेतृत्वमा हेलम्बु पुगेको सडक विभाग, नेपाली सेना सम्मिलित प्राविधिक टोलीले स्थानीय सरकारसँगको समन्वयमा गत असार १ र साउन १६ गतेको बाढीले बगाएका पुलमध्ये अत्यावश्यक ठानिएको चनौटे स्थित रातो पुल बगाएको स्थानमा बेलिब्रिज तत्काल निर्माण प्रारम्भ गरिने जानकारी दिएको हो ।

‘प्राविधिक टोलीको सर्वेक्षणअनुसार चनौटेको रातो पुल ४१ मिटर रहेकोमा पहिलेको भन्दा चार–पाँच मिटर अग्लो बनाएर ५० मिटरको बेलिब्रिज बनाउने तयारी गरेका छौँ’, पोख्रेलले भने, ‘उक्त स्थानमा सामान लिएर जाने बाटो बन्ने बित्तिकै पुल निर्माणको काम सुरु गर्छौँ ।’ उनका अनुसार हेलम्बुकै चुरेटार र थापाटार जोड्ने यान्त्रिक पुलको सर्वे भइसकेको र सँगै निर्माण कार्य थालिने छ । प्राधिकरण, सडक विभाग र नेपालीसेनाले संयुक्त रुपमा काम गर्ने हुँदा निर्माण कार्य थालिएको १५ दिनभित्रमा उक्त पुल सम्पन्न हुने पोख्रेलले बताए ।

पोख्रेलका अनुसार हेलम्बुको सर्वे सके लगत्तै उक्त प्राविधिक टोलीले मेलम्ची र पाँच पोखरी क्षेत्रको सर्वे गरेर आवश्यकताका र प्राथमिकताका आधारमा बेलिब्रिज तथा यान्त्रिक पुलको निर्माण कार्य अघि बढाइने छ । ‘अबको चार–पाँच दिनमा बाटो क्लियर गरेर सामान लाने व्यवस्था मिलाउँछौँ’, हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्यालजेन शेर्पाले भने, ‘दुई–तीन दिनभित्र आवश्यक प्रक्रिया पूरा गरी बाटो क्लियर गरेर सामान लाने तयारीमा छौँ ।’

उक्त पुल नहुँदा हेलम्बुको १, २ र ३ नम्बर वडा, पाँच पोखरी थाङपालको १ र २ नम्बर वडा र मेलम्ची नगरपालिकाको ७ र ८ नम्बर वडा सडक यातायातबाट पूर्णरुपमा वञ्चित रहेको अध्यक्ष शेर्पाले बताए । असार १ गते र साउन १६ गते गएको बाढी पहिरोले मेलम्ची क्षेत्रमा पाँच वटा पक्की पुल बगाउनुका साथै मेलम्ची खानेपानी आयोजनामा ठुलो क्षति पुर्‍याएको थियो ।

प्रतिक्रिया दिनुहोस