७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन र मालपोतद्वारा बारअनुसार सेवा प्रवाह

अ+ अ-

काभ्रेपलाञ्चोक । पछिल्लो केही हप्तादेखि कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकस्थित सेवाग्राहीको भीडभाड हुने दुई कार्यालयले आजदेखि बारअनुसारको सेवा प्रवाह गर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला मालपोत कार्यालयले स्थानीय तह तोकेर आजदेखि बारअनुसारको सेवा दिने जनाएका हुन् ।

प्रशासन कार्यालयले विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेध आदेशको मापदण्ड पालना गर्ने सन्दर्भमा कार्यालयमा दैनिकरूपमा सेवाग्राहीको अत्यधिक भीड बढेको र जिल्लामा कोरोना सङ्क्रमणदर बढिरहेकाले आज आइतबारदेखि स्वास्थ्य–सुरक्षाको मापदण्ड अपनाई बारअनुसार सेवा तोकिएको जनाएको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि धुलिखेल, पाँचखाल नगर र पनौती नगरपालिकाका लागि आइतबार, मङ्गलबार र बिहीबार तथा बनेपा नगर, मण्डनदेउपुर नगर र नमोबुद्ध नगरपालिकाका लागि सोमबार, बुधबार र शुक्रबार सेवा प्रवाह हुने जनाइएको छ । गाउँपालिकाको हकमा भने हरेक दिन सेवा उपलब्ध रहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए ।

यस्तै जिल्ला मालपोत कार्यालय धुलिखेलले पनि आजदेखि बारअनुसारनै सेवा प्रवाह गर्ने जनाएको हो । जिल्लामा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको जनाउँदै कार्यालयले स्थानीय तहका नागरिकलाई बारअनुसार सेवा उपलब्ध गराउन थालेको हो । कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि बनेपा र नमोबुद्ध नगरलाई आइतबार र बुधबार, धुलिखेल र मण्डनदेउपुर नगरलाई सोमबार र बिहीबार तथा पाँचखाल र पनौती नगरलाई मङ्गलबार र शुक्रबार सेवा उपलब्ध गराउने जनाएको हो । गाउँपालिकाको हकमा भने हरेक दिन सेवा उपलब्ध रहेको कार्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

यसैबीच काभ्रेपलाञ्चोकमा पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमणदर बढिरहेको तथ्याङ्कले देखाएको छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्रका अनुसार हाल जिल्लामा ६४३ कोरोना सङ्क्रमित छन् । अघिल्लो महिना जिल्लामा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या शून्यमा झरे पनि साउनमा मृत्युका घटना भइरहेका छन् । जिल्लामा हालसम्म १३ हजार ५३९ जनामा कोरोना सङ्क्रमण देखिएकामध्ये १८२ को मृत्यु भइसकेको छ । मृतकमध्ये पनि १३७ कोरोना सङ्क्रमण दोस्रो लहरका हुन् ।

जिल्लाका अस्पतालमा समेत कोरोनाका बिरामीको चाप बढिरहेको जनाइएको छ । जिल्लामा हाल सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी बनेपा नगरमा १६३, धुलिखेलमा १२०, पाँचखालमा ८१, पनौतीमा १०४, नमोबुद्धमा ९१, मण्डनदेउपुरमा ४५ तथा रोशी गाउँपालिकामा १४, चौँरीदेउरालीमा दुई, तेमालमा आठ, भुम्लुमा पाँच, बेथानचोकमा पाँच, खानीखोलामा एक र महाभारत गाउँपालिकामा तीन सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस