काठमाडौँ । सरकारले संसद अधिवेशन अन्त्य गरेको छ।
आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
स्रोतले दिएको जानकारी अनुसार आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य गर्नका लागि मन्त्रिपरिषदले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।