१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भीडभाडजन्य गतिविधि नगर्न जिल्ला प्रशासन काभ्रेको आग्रह

अ+ अ-

बनेपा । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण दरमा वृद्धि भइरहेको कारण सङ्क्रमणको जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कुनैपनि भेला सम्मेलन र भीडभाड हुने खालको कार्यक्रम नगर्न आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आज सार्वजनिक सूचना जारी गर्दै आजबाट आगामी भदौ १५ गतेसम्मका लागि जिल्लामा मिश्रित निषेधाज्ञा लागु भइसकेको कारण त्यसको पूर्णपालना गर्दै सो अवधिमा पर्न जाने जात्रा, पर्वलगायतका परम्परागतरुपमा मनाइदै आएका पर्वमा भीडभाडजन्य गतिविधि नगर्न नगराउन सबैमा अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले काभ्रेपलाञ्चोक सङ्क्रमणको दरमा पहेलो जोनमा परेको हुनाले सङ्क्रमण जोखिम रोकथाम तथा नियन्त्रणका लागि आजबाट भदौ १५ सम्मको लागि मिश्रित निषेधाज्ञा लागु गरिएको बताएका छन् । सो क्रममा सबै प्रकारका मेला, जुलुश, महोत्सव, भोजजस्ता भीडभाड हुने कार्य नगर्न र गोष्ठी, सेमिनार, बैठक समीक्षा, प्रशिक्षणजस्ता क्रियाकपाल भर्चुअल माध्यमबाट गर्न आग्रह गरिएको छ ।

सो अवधिभित्रमा शैक्षिक संस्थाले वैकल्पिक माध्यमबाट पठनपाठन गराउने र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै प्रशासनिक कार्य मात्रै भौतिक उपस्थितिमा सञ्चालन गर्न पाउने जनाइएको छ ।

त्यस्तै विकास निर्माणका सामग्री ढुवानी गर्ने सवारी साधनमध्ये जिल्लाभित्र खपत हुनेको हकमा साँझ ७ बजेदेखि विहान ०६ बजेसम्म र जिल्ला बाहिरको हकमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ । सो अवधिमा पसल सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गरी बिहान ०६ बजेदेखि बेलुका ७ बजेसम्म खोल्न पाउने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका अनुसार आज मात्रै जिल्लामा ६० जनामा सङ्क्रमण देखिएको छ । बनेपा, धुलिखेल, पनौती, मण्डनदेउपुर, नमोबुद्ध, पाँचखाल नगरपालिका र रोशी गाउँपालिकामा सङ्क्रमण देखिएको कार्यालयले जनाएको छ । अहिलेसम्ममा जिल्लामा सक्रिय सङ्क्रमितको संख्या ५४५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस