१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले मागे विश्वासको मत, एमालेद्वारा बैठक बहिस्कार

अ+ अ-

रूपन्देही । लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने प्रक्रिया सुरू भएको छ । विपक्षी एमालेको विरोध र नाराबाजीबीच सोमबार अपरान्ह बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत दिन आग्रह गरेका छन् ।

साढे २ बजे सुरू भएको दोस्रो बैठक ९ मिनेट मात्र चलेर स्थगित भएको थियो । तर सभामुख पूर्णबहादुर घर्तीले स्थगितपछि बसेको बैठक पहिलो बैठककै कार्यसूची अनुसार सञ्चालन गरेका छन् । विपक्षी एमालेले त्यो बैठक पनि बहिस्कार गरेको छ ।

सवा ४ बजे सुरू भएको नवौं अधिवेशनको चौथो बैठकमा सभामुख घर्तीले संविधानको धारा १८८ को उपधारा १ र प्रदेशसभा नियमावली २०७४ को नियम१४३ को उपनियम ४ बमोजिम केसीले मुख्यमन्त्रीमा विश्वासको मत लिने प्रक्रियाअघि बढाएका हुन । केसीले विश्वासको मत लिने प्रस्ताव बैठकमा पेस गरेका छन् ।

प्रमुख प्रतिपक्ष दलले चौथो बैठक पनि बहिस्कार गरेको छ । प्रमुख प्रतिपक्ष दलका संसदीय दलका उपनेता बैजनाथ चौधरीले प्रदेशसभा सचिवालयले विपक्षी दलको माग सुनुवाई नभएकाले बैठकमा उपस्थित नहुने बताए ।

लुम्बिनी प्रदेशसभामा अहिले ८० सदस्य छन् । मुख्यमन्त्री केसीले आफूमाथि प्रदेशसभाको आफूमाथि विश्वास छ भन्ने पुष्टि गर्न ४१सांसदको समर्थन जुटाउनुपर्छ ।

माओवादी केन्द्र संसदीय दलका नेता केसी लुम्बिनी प्रदेशसभाका चार दल र एक स्वतन्त्र गरी ४२ जना प्रदेशसभा सदस्यको समर्थनमा साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस