१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैवाहिक स्वर्णजयन्तीमा पोखरा वृद्धाश्रममा अक्षयकोष स्थापना

अ+ अ-

गण्डकी । समाजका विपन्न एवं असहाय ज्येष्ठ नागरिकको स्याहारसुसार तथा उपचारमा सहयोग पुर्‍याउने उद्देश्यका साथ यहाँको एक जोडीले आफ्नो वैवाहिक स्वर्ण जयन्तीको अवसर पारेर पोखरा वृद्धाश्रममा अक्षयकोष स्थापना गरेका छन्।

पोखरा महानगरपालिका–९ निवासी दीपक बाटाजु र श्रृजना बाटाजुले वैवाहिक स्वर्णजयन्तीको उपलक्ष्यमा स्वर्गीय बुबाआमा गोकुललाल र मानकुमारी बाटाजुको स्मृतिमा रु छ लाख ५१ हजार पाँचको अक्षयकोष स्थापना गरेका हुन् । पोखरा वृद्धाश्रममा आज आयोजित एक कार्यक्रममा बाटाजु परिवारले उक्त रकम बराबरको चेक आश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीलाई हस्तान्तरण गर्‍यो ।

कार्यक्रममा अक्षयकोषदाता बाटाजुले कोरोना कहरका कारण नेवार समुदायले परम्परागतरूपमा पोखरा बजारमा निकाल्दै आएको गाईजात्रा नाच यस वर्ष ननिकाले पनि आफुले सोही अवसर पारेर स्वर्गीय आमाबुबाको नाममा अक्षयकोष स्थापना गरेको जानकारी दिए ।

वृद्धाश्रमद्वारा सञ्चालन गर्ने लक्ष्यका साथ स्थापित सो कोषको ब्याजबाट आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले शुभकार्यमा अन्य फजुल खर्च गर्नुभन्दा आश्रममा सहयोग गर्दा आफुलाई आत्मसन्तुष्टि मिलेको धारणा राखे ।

वृद्धाश्रमका अध्यक्ष पराजुलीले दाताको सहयोगबाट सञ्चालित आश्रममा वृद्धवृद्धा एवं सेवकसेविकासहित ५५ जना आश्रित छन् । उनले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण आश्रम सञ्चालनसँगै आमाबुबालाई जोगाउन स्वास्थ्य मापदण्ड अपनाइएको बताए ।

वृद्धाश्रम सञ्चालनका लागि गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट रु १२ लाख र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट रु २० लाख आर्थिक सहयोग प्राप्त भएको उनको भनाइ थियो । उनले आश्रममा आश्रित छ ज्येष्ठ नागरिकले अहिलेसम्म पनि नागरिकता नपाउँदा राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट वञ्चित रहेको बताए ।

अक्षयकोषदाता परिवारका सदस्य राजीव बाटाजुले आमाबुबाले ५० औँ वैवाहिक वार्षिकोत्सवका अवसरमा आश्रममा अक्षयकोष स्थापना गरेकामा खुशी व्यक्त गर्दै आवश्यकताअनुसार आगामी दिनमा आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस