९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयोगको नतिजा सच्चाउन माग

अ+ अ-

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले पारा मेडिकलको स्नातक तहतर्फ नतिजामा कोटाभन्दा कम उत्तीर्ण गराएको भन्दै नर्सिङ तथा पारामेडिक्स कलेजको छाता सङ्गठन एलाइट साइन्स इन्स्ट्यिुसन एसोसिएसन (एसिया) ले सच्चाउन माग गरेको छ ।

परीक्षा प्रणाली र उत्तीर्ण नम्बर धेरै राख्दा कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण भएको भन्दै सच्याउन माग गरिएको हो । एसियाका अध्यक्ष यमप्रसाद अधिकारीले आयोगमा कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण गराएकाले आयोगले नतिजालाई पुनः विचार गर्नुपर्ने बताए । उनले कोटाअनुसार विद्यार्थी नहुँदा आफूहरूलाई कलेज सञ्चालन गर्नसमेत समस्या परेको बताए ।

पहिलो पटक आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्णका लागि ५० प्रतिशत ल्याउनुपर्ने व्यवस्था गरेको थियो । जसले गर्दा यस पटक तोकिएको कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण भएका छन् ।

‘आयोगले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)लाई केन्द्रित गरेर ५० प्रतिशत ल्याउनेलाई मात्र उत्तीर्ण गराइएको छ’, उनले भने, ‘अन्य चार वटा विश्वविद्यालयले नर्सिङ तथा पारामेडिक्स पढाउँछन् उनीहरू सबैको हेरेर त्यही अनुपातमा बनाउनुपर्ने थियो । उत्तीर्ण प्रतिशत ५० राख्नु व्यवहारिक होइन ।’ यसअघि त्रिवि, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयले आ–आफ्ना कलेजलाई मेडिकल शिक्षाका लागि प्रवेश परीक्षा दिने गर्दथे ।

पोखरा विश्वविद्यालयअन्तर्गतका नर्सिङ तथा पारामेडिक्स कलेजहरूको सङ्गठनका अध्यक्ष नवराज पाण्डे प्रवेश परीक्षाका कम नम्बर ल्याएकै आधारमा मात्र माथिल्लो कक्षा पढ्न नपाउने कुरा व्यवहारिक नहुने बताए । उनले प्रवेश परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थी भारत र बङ्गलादेशमा जाने गरेको बताए । ‘नेपालमा नै पारा मेडिकलको शिक्षा हामी उपलब्ध गराउँदै आएका छौँ । तर यस पटक आयोग कोटाभन्दा कम परीक्षार्थी उत्तीर्ण गराएर धेरै विद्यार्थी भारत र बङ्गलादेशमा पढ्न गइरहेका छन्’, उनले भने, ‘उत्तीर्ण प्रतिशत घटाएर विद्यार्थीलाई नेपालमै पढ्न पाउने वातावरण बनाउनुपर्दछ ।’

आयोगले लिएको परीक्षामा कोटाभन्दा दुई हजार १८५ जना कम परीक्षार्थी उत्तीर्ण भएका थिए । ती विषयमा चार हजार ६८ कोटा भए पनि एक हजार ८८३ मात्र परीक्षार्थी उत्तीर्ण भएका थिए । बिपीएचमा एक हजार ४२० कोटामा ५६५, बिएस्सी नर्सिङ एक हजार १०० मा ५०४, बी फार्मेसीमा ९०२ कोटामा ५४७ जना मात्रै उत्तीर्ण भएका छन् ।

यस्तै फिजियोथेरापी बिपिटीमा १५० जनाको कोटामा ११४, बीएस्सी एमआइटी रेडियोग्राफीमा ७१ जना कोटामा ३५, बिएस्सी एमएलटी ४२५ कोटामा ११८ जना मात्रै उत्तीर्ण भएका छन् । नर्सिङ कलेज सञ्चालक केपी सिंहले परीक्षामा भएको त्रुटिकै कारण कम विद्यार्थी उत्तीर्ण भएको बताए। उनले अधिकांश परीक्षार्थी पारामेडिक्स तर्फको भएको र प्रश्न प्लस टु तर्फबाट सोधेकाले धेरै फेल भएको बताए । उनले एकीकृत प्रवेश परीक्षाको नतिजालाई पुनः विचार नगरे आफूहरूले कलेजको साँचो आयोगलाई बुझाउने बताए ।

उनले तत्काल पुनः परीक्षाको सम्भावना नभएको हुँदा कोटा पूरा हुने गरी यस पटकलाई परीक्षा दिइसकेका विद्यार्थीलाई नै पढ्न पाउने अवसर दिनुपर्ने बताए। पाँच विद्यार्थी सङ्गठनले आयोगबाट लिइएको मेडिकल र पारामेडिकल प्रवेश परीक्षामा कोटाभन्दा कम परीक्षार्थी उत्तीर्ण भएको भन्दै पुनः परीक्षाको मागसमेत गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस