काठमाडौँ । सर्वोच्च अदालतले प्रदेश तथा स्थानीय तहमा समायोजित ३२औँ ब्याटका थप ११ जना शाखा अधिकृतहरूलाई पनि सङ्घमै पदस्थापन गर्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले सङ्घमा पद खाली राखेर प्रदेश एवम् स्थानीय तहमा समायोजन गरिएका ११ जना अधिकृतहरूलाई सङ्घमै पदस्थापन गर्ने गरी पद मिलान गर्न लोक सेवा आयोगका नाममा अन्तरिम आदेश दिएको हो ।


