९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सोनसिकको १८ औँ वार्षिक साधारण सभा सम्पन्न

अ+ अ-

कोरिया । कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूको साझा सङ्गठन, नेपाल विद्यार्थी समाज दक्षिण कोरिया(सोनसिक)ले आफ्नो १८ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

साधारण सभाले दीर्घ राज जोशीको नेतृत्वमा नयाँ समिति चयन गरेको छ । जोशी दक्षिण कोरियाको प्रतिष्ठित विश्वविद्यालयमा औषधीय रसायन विज्ञानमा विद्यावारिधि गरिरहेका छन्।

विगतमा पनि उनले सोनसिकमा सचिवको जिम्मेवारी निर्वाह गरिसकेका छन् । १७ औँ कार्यसमितिका सभापति राजाराम श्रेष्ठको अध्यक्षता सम्पन्न सभा विश्वव्यापी महामारीका रूपमा रहेको कोभिड–१९ को विषम परिस्थितिका कारण अनलाइन मार्फत कार्यक्रम गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली राजदूतावास सउलका कार्यवाहक राजदूत तथा उपनियोग प्रमुख राम सिंह थापा, अतिथिमा सोनसिकका संस्थापक अध्यक्ष जनार्दन लामिछाने लगायत रहेका थिए ।

कार्यक्रम सोनसिकको फेसबुक पेज मार्फत लाइभ गरिएको थियो। साधारण सभाले उपाध्यक्षमा क्षेत्र नं १ बाट सुन्दर बरुवाल, क्षेत्र नं २ बाट वीरेन्द्र नारायण साह, क्षेत्र नं ३ बाट सौगात सिवाकोटी र क्षेत्र नं ४ बाट नवीन बोहरालाई चयन गरेको छ । त्यस्तै सचिवमा ग्रिन्सन सर्मा, सह–सचिवमा मनिष पाण्डे, कोषाध्यक्षमा प्रदीप देवकोटा सँगै सदस्यहरूमा प्रकाश नेपाली, विक्रम खड्का, भरत खत्री, लक्ष्मण मानन्धर, र दिवाकर चौलागाई चयन भएका छन् ।

२००४ मा स्थापना भएको संस्थाले निरन्तर नेपाली विद्यार्थीहरूको हक हितका लागी काम गर्दै, शैक्षिक सेमिनार, खेलकुद, सांस्कृतिक कार्यक्रम आदिले निरन्तर नेपाली विद्यार्थीहरू, नेपाल र कोरियन समाजलाई जोड्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस