रुकुम । कोरोना महामारीका कारण लामो समय देखी बन्द रहेका रुकुम पश्चिमका स्कुलहरु अन्ततः भाद्र १५ देखि सञ्चालनमा आउने भएका छन् ।
सदरमुकाम मुसिकोटमा पालिका स्तरीय प्रमुखहरु र सरोकारवाला निकायसँगको छलफल पश्चात् स्कुलहरु खुल्ने सहमति भएको हो ।
विद्यार्थिहरुको पठनपाठन ठप्प भएको र शैक्षिक क्षेत्र खस्किन लागेको भन्दै खुल्ने निर्णय भएको हो ।
यसैबिच बुधबार मात्र आठबिसकोट नगरपालिका शिक्षा शाखाले राखेको प्रधानाध्यापकहरुको बैठकले पनि भौतिकरुपमै उपस्थिति भएर पठनपाठन गर्ने निर्णय गरेको छ ।
अरु सबै क्षेत्र निर्वाध खुलेको र स्कुल मात्र बन्द गर्दा विद्यार्थिहरुको भविष्य अन्योलग्रस्त हुँदा छिट्टै स्कुल सञ्चालन गर्नु परेको आठबिसकोट नगरपालिकाका विद्यालय निरीक्षक ईन्द्र बहादुर बिष्टले बताए ।
उनले भने, ‘स्कुलहरु बन्द हुँदा विद्यार्थिहरुको पढ्ने बानी हराएको छ, सिफ्ट प्रणाली बाट, स्वास्थ्य मापदण्ड कडाइका साथ अपनाएर पठनपाठन हुनेछ, समस्या देखिए पुन स्मार्ट लकडाउन गरिने छ ।
त्यस्तै रुकुम पूर्वको सिस्ने गाउँपालिकाले पनि भाद्र १३ देखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गरेको छ ।
गत वर्ष कार्तिक १६ देखि सञ्चालन भएका स्कुलहरु यो वर्ष भने २ महिनाअघि नै सञ्चालन गर्न लागिएको हो ।’