१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भीड बढ्न थालेपछि तीन पालिकाका सेवाग्राहीलाई आलोपालो प्रणाली

अ+ अ-

बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सेवाग्राहीको भीड बढ्न थालेपछि सेवा प्रवाह गर्ने समय तालिकालाई हेरफेर गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सेवा प्रवाहका क्रममा भुम्लु, बेथानचोक र रोशी गाउँपालिकाका सेवाग्राहीलाई पनि समय तालिकाअनुसार नै सेवा प्रवाह गर्ने गरी हेरफेर गरिएको कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले दैनिकरूपमा आउने सेवाग्राही नागरिकता बनाउन, राहदानी बनाउन, नवीकरण गर्न र राष्ट्रिय परिचयपत्र बनाउन आउने दैनिक ५०० भन्दा बढीको सङ्ख्यामा आउने भएपछि भीड कम गर्न समय तालिका हेरफेर गर्नुपर्ने अवस्था आएको बताए । कोभिड–१९ को सङ्क्रमणदर बढिरहेको अवस्थालाई दृष्टिगत गर्दै आगामी आइतबारदेखि लागू हुनेगरी समय तालिका हेरफेर गरिएको हो ।

त्यसअनुसार अर्को व्यवस्था नभएसम्मका लागि बनेपा नगरपालिका, नमोबुद्ध नगरपालिका र भुम्लु गाउँपालिकाका सेवाग्राहीका लागि आइतबार र बुधबार, पनौती नगरपालिका, पाँचखाल नगरपालिका र बेथानचोक गाउँपालिकाका सेवाग्राहीका लागि मङ्गलबार तथा शुक्रबार र धुलिखेल नगरपालिका, मण्डनदेउपुर नगरपालिका तथा रोशी गाउँपालिकाका सेवाग्राहीका लागि सोमबार र बिहीबार समय तोकिएको छ ।

त्यसबाहेक जिल्लाका कोशीपारिस्थित चौँरीदेउराली गाउँपालिका र डाँडापारिस्थित विकट महाभारत र खानीखोला तथा तेमाल गाउँपालिकाका सेवाग्राहीका लागि भने दैनिकरूपमा नै सेवा प्रवाह हुने जनाइएको छ । यसअघि गत साउन ३१ गतेदेखि कार्यालयले सबै गाउँपालिकाका हकमा दैनिकरूपमा सेवा प्रवाह गर्दै आएको र नगरपालिकाका सेवाग्राहीका लागि मात्रै आलोपालोरूपमा सेवा दिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस