८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्पुटनिक–भी खोपको ५० लाखभन्दा बढी मात्रा उत्पादन गरेको अर्जेन्टिनाको दावी

अ+ अ-

अर्जेन्टिना । अर्जेन्टिनी औषधी कम्पनी रिचमण्डले कोभिड–१९ विरुद्धको रूसद्वारा विकसित स्पुटनिक–भी खोपको ५० लाखभन्दा बढी मात्रा उत्पादन गरेको बताएको छ ।

खोपको उत्पादन उत्पादन मिति शुक्रबार राखिएको छ । कम्पनीले शुक्रबारको अन्ततिर आफ्नो ट्विटर पृष्ठमा लेखेको छ, ‘अर्जेन्टिनामा ५० लाखभन्दा बढी मात्रा कोभिड–१९ विरूद्धको रूसमा विकसित स्पुतनिक खोप उत्पादन गरेका छौं । हामीले पहिलो चरणमा ११ लाख ७९ हजार ६२५ र दोस्रो चरणमा ३८ लाख ९० हजार मात्रा खोप उत्पादन गरेका छौं ।’

अर्जेन्टिना स्पुटनिक–भी खोपको प्रयोगलाई अनुमोदन गर्ने र उत्पादनलाई स्थानीयकरण गर्ने पहिलो ल्याटिन अमेरिकी देश बनेको छ । अर्जेन्टिनाले गत अप्रिलमा मासिक ४० देखि ५० लाख खोप उत्पादन गर्ने योजना सार्वजनिक गरेको थियो । ल्याटिन अमेरिकी यस मुलुकले कोभिड–१९ विरूद्धको उक्त खोपको वार्षिक उत्पादनलाई ५ करोड मात्रामा वृद्धि गर्ने बताएको छ ।

करिब ४ अर्ब जनसंख्या रहेको विश्वको ७० देशमा स्पुतनिक–भी खोपलाई प्रयोगका लागि स्वकृति प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस