२९ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीलङ्काद्वारा भारतसँगको सीमा नाका खुल्ला

अ+ अ-

नयाँ दिल्ली । श्रीलङ्काले भारतसँगको सीमा नाका सर्तसहित खुल्ला गरेको छ । कोरोनाभाइरसको महामारीका कारण लामो समयदेखि बन्द गरिएको सीमा नाका अहिले खुल्ला गरिएको अधिकारीहरुले जनाएका छन् ।

खुल्ला गरिएको नाकाबाट पूर्ण खोप लगाएका र कोरोना नेगेटिभ भएको पीसीआर रिपोर्ट भएका व्यक्तिहरुलाई मात्रै आवतजावत गर्न दिइने भएको छ । यात्रुले पीसीआर रिपोर्ट ७२ घण्टा भित्रको मात्रै देखाउनुपर्ने व्यवस्था गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

सरकारी अधिकारीले जारी गरेको वक्तव्यका अनुसार श्रीलङ्काबाट भारतको चेन्नाइ, मुम्बई, बेङ्लोरलगायतका क्षेत्रमा हवाई उडान पनि सुरु हुनेछ । त्यसका लागि उडान तालिकासमेत बनिसकेको उनीहरुले जनाएका छन् ।

स्वास्थ्य सुरक्षाको अवस्था, माग, आवश्यकतालगायत आधारमा आवतजावतको तालिका थप विस्तार पनि हुने वक्तव्यमा उल्लेख गरिएको छ । श्रीलङ्कन एयरलाइन्ससहित विभिन्न विमान सेवा प्रदायक कम्पनीले यात्रुका लागि सहुलियत तथा आकर्षक प्याकेज पनि घोषणा गरेको छ ।

श्रीलङ्काबाट भारत जानेभन्दा पनि भारतबाट श्रीलङ्का आउनका लागि प्रेरित गर्न खोजिएको र यसले बिस्तारै देशको पर्यटन, व्यापार, व्यवसायलाई पुनः उत्थान गर्न सजिलो बनाउने धेरैले विश्वास लिएका छन् । श्रीलङ्का आएकालाई देशको जुनसुकै ठाउँ पनि जान सकिने व्यवस्था गरिएको तर स्वास्थ्य मापदण्ड भने कडाइका साथ पालना गर्नुपर्ने सर्त भने राखिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

श्रीलङ्कामा अहिलेसम्म चार लाख १६ हजार ९६१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये आठ हजार ३७१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस