१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाजवाद स्थापनाको कार्यभार पूरा गर्ने गरी लागौँ : नेता पुन

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुनले पार्टीले लिएको समाजवाद स्थापनाको कार्यभारलाई पूरा गर्ने गरी अगाडि बढ्न युवालाई आग्रह गरेका छन्।

वाईसीएल नेपालको जारी राष्ट्रिय भेलाको सम्बन्धमा आइतबार आयोजित बन्द सत्रलाई सम्बोधन गर्दै उनले आर्थिक विकास सहितको समाजवादी यात्राका लागि युवाले नै नेतृत्व गर्ने भएकाले सोही अनुसारको कार्य योजना र त्यसको कार्यान्वयन जरुरी रहेको बताए ।

राजनीतिक परिवर्तनलाई स्थायी बनाउँदै देश र जनताको आवश्यकतालाई परिपूर्ति गर्ने गरी युवाले अब हरेक क्षेत्रमा पहलकदमी लिनुपर्ने उनको भनाइ थियो । वाईसीएलको श्रव्य दृश्यका माध्यमबाट जारी राष्ट्रिय भेलाको दोस्रो दिन बन्द सत्र जारी रहेको प्रचार विभाग प्रमुख पुष्प ओलीले जानकारी दिए । बन्द सत्रमा राजनीतिक, आर्थिक प्रतिवेदनको छलफल गरी सर्वसम्मतिले पारित गरेको छ ।

भेलामा अध्यक्ष रामप्रसाद सापकोटाद्वारा प्रस्तुत प्रतिवेदन परिमार्जित भई पारित गरिएको हो । समृद्धि, उत्पादन र विकास केन्द्रित रहेर हालसम्मका उपलब्धिको रक्षा गर्दै सङ्गठनलाई नयाँ प्रणालीमार्फत डिजिटलाइज गर्दै जनजीवनको उत्थान गरी समाजवादी बाटोमा अगाडि बढ्ने निष्कर्ष प्रतिवेदनको रहेको छ । बन्द सत्रले २३१ सदस्यीय केन्द्रीय समिति, ३५ सदस्यीय पदाधिकारी र तीन वटा केन्द्रीय आयोग निर्माण गर्ने भएको छ ।

वाईसीएलले राष्ट्रिय भेलाबाट सहमतिमा नै नेतृत्व चयन गर्ने भएको छ । अध्यक्ष सापकोटाले अध्यक्षबाट हट्ने निर्णय गरिसकेका छन्। उनले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने भन्दै नयाँ नेतृत्वसमेत सहमतिमा चयन गर्नुपर्नेमा जोड दिए । उपाध्यक्ष सुमन देवकोटा र महासचिव सुबोध श्रीपालीले अध्यक्षमा इच्छा व्यक्त गरेका छन् । छलफलका आधारमा सोमबार नेतृत्व चयन हुने वाईसीएलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस