८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दार्चुला जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनामा ढिलाइ

अ+ अ-

दार्चुला । कोरोनाको तेस्रो लहरको खतरा देखाइरहेको बेला जिल्ला अस्पताल दार्चुलामा भने अझै अक्सिजन प्लान्ट स्थापना हुन सकेको छैन । असारभित्रै अक्सिजन प्लान्ट जडान गर्नुपर्ने भए पनि अहिलेसम्म स्थापना हुन सकेको छैन ।

असारभित्र प्लान्ट निर्माण सक्नुपर्नेमा अहिलेसम्म काममा ढिलाइ भएको छ । हेल्थ केयर सप्लायर्स काठमाडौँले जिल्ला अस्पताल दार्चुलामा अक्सिजन प्लान्ट स्थापनाको ठेक्का पाएको थियो । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा अक्सिजन प्लान्ट जडान गर्ने भनिए पनि अहिलेसम्म जडानमा ढिलाइ भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दलजीतसिंह धामीले बताए ।

छनोट भएको कम्पनीले निर्माण सामग्री आउन ढिलाइ भएको जवाफ दिएको छ । जिल्ला अस्पतालले जेठ अन्तिमतिर इबिडिङको माध्यमबाट १५ दिने बोलपत्र आह्वान गरेको थियो । बोलपत्र आह्वान गरी सप्लायर्स छनोट गरेको भए पनि हालसम्म पनि जडानको काम सुरु नभएको अस्पतालका प्रमुख डा आदर्श लिम्बूले बताए । ‘गत आर्थिक वर्षको असारभित्र प्लान्ट स्थापना गर्ने सम्झौता हो’, उनले भने, ‘तर कम्पनीले थप मागेको समायावधिभित्र पनि जडान गरेको छैन ।’

जिल्ला अस्पतालमा कम्पनीसँग प्लान्ट जडानका लागि रु ७० लाख लागतमा ठेक्का सम्झौता भएको थियो । जिल्लामा अक्सिजन प्लान्ट जडान नहुँदा अक्सिजन सिलिन्डर भर्न नेपालगन्ज पठाउनुपर्ने बाध्यता छ । जिल्ला अस्पतालसँग अहिले ७० सिलिन्डर र ४७ वटा कन्सन्ट्रेटर छन् । अक्सिजन प्लान्ट जडान नहुँदा जटिल अवस्थाका बिरामी तथा कोरोना सङ्क्रमितलाई अहिले पनि जिल्लाबाहिर पठाउन बाध्यता रहेको छ । अस्पतालमा दुई जना कोरोनाका बिरामी उपचारार्थ छन् ।

प्रतिक्रिया दिनुहोस