काठमाडौँ । गोकर्णेश्वरमा कोरोना भाइरस संक्रमण जोखिमका कारण बन्द रहेका सम्पूर्ण विद्यालयहरु मंगलबारदेखि खुल्ने भएका छन् ।
गोकर्णेश्वर नगरपालिकाले आइतबार विज्ञप्ति जारी गर्दै नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि मंगलबारदेखि विद्यालय खुल्ने भएको हो ।
सामाजिक एवं भौतिक दूरीको पालना तथा स्वास्थ्य र सुरक्षाका सबै मापदण्डहरुलाई पालना गरी पूर्ण सतर्कता र सजगकताको अबलम्बन गर्दै विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमै सबै विद्यालय सञ्चालन गर्ने नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उप-सचिव विजयप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
उक्त निर्णय अनुसार विद्यालय सञ्चालन गर्ने गराउने उपयुक्त वातावरण मिलाउन विद्यालय प्रशासनलाई अनुरोध गरेको छ ।विद्यालय स्वयमले स्वास्थ्य तथा सुरक्षाको वातावरण र विश्वसनीय वातावरण अनिवार्य रुपमा तय गर्न समेत नगरपालिकाले आग्रह गरेको छ ।
