७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेसको सक्रिय राजनीतिबाट विश्राम लिने पूर्वमन्त्री बाँस्कोटाको घोषणा

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सरगर्मी सुरु भएका बेला पूर्वमन्त्री एवं पार्टी नेता दीपकप्रकाश बाँस्कोटाले सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गर्नुभएको छ । लामो समयदेखि पार्टीको महासमिति सदस्यका रूपमा क्रियाशील पूर्वगृह राज्यमन्त्री बाँस्कोटाले आज विज्ञप्ति जारी गरी सक्रिय राजनीतिबाट विश्राम लिएर वैचारिक राजनीति र समाजसेवामा सक्रिय हुने घोषणा गरेका हुन् ।

‘साउन ११ गतेदेखि ७३ वर्ष पूरा भएर ७४ वर्ष प्रवेश गरेँ, ५२ वर्षको राजनीतिक जीवनबाट विश्राम लिँदैछु, विसं २०२६ देखि २०६४ सम्म अति क्रियाशील भएर कांग्रेसमा काम गरेँ, २०६४ सालदेखि सामान्य क्रियाशील थिएँ’, विज्ञप्तिमा नेता बाँस्कोटाले उल्लेख गरेका छन् ।

विसं २०५१ को संसदीय निर्वाचनमा पाँचथर जिल्ला निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भई शेरबहादुर देउवाको पहिलो प्रधानमन्त्रीत्व कालमा बाँस्कोटाले गृहराज्यमन्त्रीका रूपमा काम गरेका थिए । पार्टीको १४औँ महाधिवेशनदेखि पार्टी राजनीतिमा क्रियाशील नभई लोकतन्त्र र लोकतान्त्रिक मूल्य मान्यतालाई पृष्ठपोषण गर्न वैचारिकरूपमा काम गरी पुस्तान्तरण गर्ने निर्णय आज श्रीकृष्ण जन्माष्टमीका दिन गरेको उनले बताए ।

‘पार्टी तथा संसदीय निर्वाचनमा भाग लिई चुनावी प्रक्रियाका क्रममा कुनै तहमा पनि सहभागी हुन्नँ, बीपी कोइरालाको लोकतान्त्रिक समाजवादको आदर्शलाई वैदिक समाजवादमा रूपान्तरण गर्दै वैदिक ज्ञान र प्रविधिको प्रयोगद्वारा नेपाललाई आध्यात्मिक वैदिक राष्ट्र निर्माण गर्ने महाअभियानमा बाँकी सम्पूर्ण जीवन अर्पण गर्छु’, पूर्वमन्त्री बाँस्कोटाले भने ।

वैदिक नेपाल निर्माणका लागि नेपाली विज्ञ, सङ्घ संस्था र विश्वभर कार्यरत वैज्ञानिकहरुसँगको सहकार्यलाई निरन्तरता दिने उहाँको योजना छ । यसका लागि नेपाल सरकार, राजनीतिक दल, विश्व हिन्दू महासङ्घलगायत सामाजिक संस्था, विश्व ॐ कार एकता महाअभियान जस्ता अभियानसँग विनाशर्त सहकार्य गर्ने घोषणा पनि नेता बाँस्कोटाले गरेका छन् । राज्यका सबै कामकाजलाई वैदिकीकरण गर्न र समाजलाई वैदिक जीवनशैलीअनुसार चलायमान गराउन वैदिक संसद् गठन गर्ने एवं सङ्घीय तथा प्रादेशिक संसद्लाई पृष्ठपोषण गर्ने योजना पनि उनले अघि सारेका छन्।

नेपाल महर्षि वैदिक फाउण्डेशनमार्फत वैदिक नेपाल निर्माण अभियानमा विगत २४ वर्षदेखि लागेका बाँस्कोटाले यस अभियानका विश्वव्यापी १२ क्षेत्रमध्ये वैदिक शिक्षा (चेतनामा आधारित शिक्षा), वैदिक कृषि (विषादी एवं रासायनिक पदार्थरहित शुद्ध जैविक उत्पादन), वैदिक स्वास्थ्य (आयुर्वेद एवं प्राकृतिक चिकित्साको ज्ञान र प्रविधि), वैदिक निर्माण (वास्तुसम्मत घर, कार्यालय, विद्यालय, महाविद्यालयको निर्माण), वैदिक सञ्चारलगायत १२ क्षेत्रको वैज्ञानिक अध्ययन र अनुसन्धानबाट पुष्टि गरिएको प्रविधिलाई पार्टीको घोषणापत्रमा समावेश गरी राज्यव्यवस्थाको कार्यक्रममा समावेश गराउन लागि पर्ने योजना पनि उनले अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस