९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्र महिनापछि सीमानाकाबाट आवतजावत

अ+ अ-

जलेश्वर । महोत्तरीको मूल भन्सार भिट्ठामोड सीमानाकाबाट १७ महिनापछि आवतजावत सञ्चालन भएको छ । कोभिड–१९ महामारीका कारण २०७६ साल चैत ११ गतेदेखि महोत्तरीको मुख्य भन्सार नाकाबाटै बन्द रहेको सर्वसाधारणको आवतजावत पुनः सञ्चालन भएको छ ।

गत शुक्रबार, शनिबार र आइतबार जलेश्वर नगरपालिका–३ मलिवाराका वडाध्यक्ष सञ्जय पाण्डेको नेतृत्वमा करिब सय जनाले सीमानाकामा धर्ना बसेपछि सो नाका भएर सोमबारदेखि सर्वसाधारणको आवतजावत खुला गरिएको वडाध्यक्ष पाण्डेले बताए ।

सो नाकाबाट मालवाहक ट्रक, टिप्परलगायत साधनहरु बन्दाबन्दीको बेला पनि निर्बाध रुपमा आवातजावत गरेका थिए । तर पैदल यात्रुलाई भने रोकिएको थियो । भन्सार भएरै पैदल यात्रुलाई आवतजावत गर्न नदिएपछि उनीहरु पाँच सय मिटर टाढा वन र खोल्सीको बाटो हुँदै नेपाल–भारत आउजाउ गरिरहेका थिए ।

मुख्य भन्सारबाटै आवागमन भएपछि सर्वसाधारण खुसी भएका छन् । सो नाकाबाट पैदल आवागमन सुरु भए पनि सवारी साधन अझै सञ्चालन भएको छैन । मालवाहक गाडीहरु पहिलेझैँ आउजाउ गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस