११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकाको लुइजियानामा आँधीको खतरा कायमै, एक जनाको मृत्यु

अ+ अ-

वासिङ्टन । अमेरिकाको लुइजियानामा सोमबार शक्तिशालीमध्येको एक समुद्री आँधी आएको बताइएको छ । सो आँधीमा परी अहिलेसम्म एकजनाको ज्यान गएको छ ।

सो आँधीले गर्दा उक्त क्षेत्रको तटीय क्षेत्र डुबाएको बताइएको छ । त्यसैगरी यहाँका भौतिक तथा अन्य आधारभूत संरचना नै केही डुबाएको र केहीमा नराम्ररी क्षति पर्‍याएको बताइएको छ ।

यो आँधीको चपेटामा परेर करिब सात लाख मानिस विद्युत सेवाबाट पनि बञ्चित हुन पुगेका बताइएको छ । अमेरिकाका मौसमविद्ले यसलाई यहाँको अहिलेसम्मका शक्तिशालीमध्येकै एक आँधी भनेका छन् ।

यो आँधी निरन्तररूपमा नै दुई सय किलोमिटर प्रतिघण्टाको वेगमा रहेको र बिस्तारै उत्तरतर्फ बढिरहेकाले यसको विनाशकारी क्षमता अझ बढी हुनसक्ने मौसमविद्ले जनाएका छन् ।

यहाँको तटीय क्षेत्रबाट दशौँ हजार व्यक्तिको उद्धार गरिएको अधिकारीले जनाएका छन् । साथै उद्धार गर्न नसकेर सोही क्षेत्रमा सुरक्षित साथ बसेका भनिएका नागरिकलाई भने अरु केही दिन त्यहीँ बस्न भनिएको र अहिले नै मद्दत गर्न नसकिने अवस्था रहेको बताइएको छ ।

यो आँधीले न्यूअर्लियन्स नजिकैको एउटा अस्पतालको छाना नै उडाइदिएको बताइएको छ । तर त्यसमा परेर कोही पनि बिरामी घाइते भने नभएका बताइएको छ ।

यहाँका हजारौँ मानिस सुरक्षित स्थानतर्फ भागेका छन् । यहाँ बाँकी रहेका अन्य व्यक्तिलाई आँधी नरोकिएसम्म भित्रै बस्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस