९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लगानी र व्यापार विस्तारमा परिसङ्घ र बंगलादेशी राजदूतबीच छलफल

अ+ अ-

काठमाडौँ । नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दीन नोमन चौधरी र नेपाल उद्योग परिसङ्घबीच नेपाल र बङ्गलादेशबीच लगानी र व्यापार वृद्धि गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने विषयमा छलफल भएको छ ।

परिसङ्घसँग आज भएको छलफलमा राजदूत चौधरीले बङ्गलादेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त लगानी गन्तव्य रहेको उल्लेख गरे । नेपाली वस्तुलाई बङ्गलादेश निर्यातका लागि सुविधा प्रदान गर्न आफ्नो देश तयार रहेको जानकारी दिँदै उनले यसले दुई देशबीचको व्यापार घाटा न्यूनीकरणका लागि सहयोग गर्ने बताए । “नेपाल–बङ्गलादेशले लगानी विस्तार र व्यापार घाटा न्यूनीकरणका लागि सहकार्य गर्ने धेरै ठाउँ छन्”, उनले भने ।

राजदूत चौधरीले नेपालको पर्यटन बङ्गलादेशका नागरिकका लागि पहिलो भ्रमण गन्तव्यका रूपमा रहेको पनि उल्लेख गरे । नीतिगत सुधार र उद्योगलाई दिएको सहुलियत एवं संरक्षणका कारण बङ्गलादेशले धेरै क्षेत्रमा उल्लेख्य प्रगति गरेको भन्दै उनले नेपालले पनि त्यही नीति अनुसरण गर्न सक्ने बताए ।

परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा जलविद्युत् क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको र त्यसमा बङ्गलादेशी लगानीकर्ता आकर्षित हुनसक्ने बताए । बङ्गलादेशलाई ऊर्जाको ठूलो आवश्यकता रहेको भन्दै उनले त्यो आवश्यकता परिपूर्ति गर्न नेपालबाट विद्युत् निर्यात एउटा महत्वपूर्ण विकल्प हुने उल्लेख गरे ।

अध्यक्ष अग्रवालले दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि गर्नका लागि द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता गरेर अघि बढ्न सकिने बताए । अध्यक्ष अग्रवालको उक्त भनाइमा राजदूत चौधरीले समर्थन जनाए । परिसङ्घका उपाध्यक्ष निर्वाणकुमार चौधरीले बङ्गलादेशी लगानीकर्तालाई सहजीकरण गर्न परिसङ्घ तयार रहेको बताए । उनले नेपाली उत्पादनलाई प्राथमिकता र सुविधा दिन पनि बङ्गलादेशलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस