११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीपहिरोको चपेटामा थाकखोलाको नूनखानी

अ+ अ-

बलेवा । बाढीपहिराका कारण थाकखोलाको नून खानी सङ्कटमा परेको छ । खानी संरक्षणका लागि बनाइएका संरचना बर्सेनि बाढीपहिराको सिकार हुने गरेका कारण मुस्ताङको थाकखोलामा रहेको नूनखानी सङ्कटमा परेको हो ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङमामा रहेको नूनखानी संरक्षणका लागि गाउँपालिकाले निर्माण गरेका संरचना बर्सेनि बर्खा याममा बग्ने गरेका छन् । नर्सिङ खोलामा आउने बाढी र वर्षापछि आउने पहिराका कारण नूनखानीको संरक्षणका लागि बनाइएका संरचनामा क्षति पुग्ने गरेको गाउँपालिका अध्यक्ष पेन्चोक छेप्तेन गुरुङले बताए । गत वर्ष बनाइएका दुईवटा पोखरी बाढीले बगाएको छ ।

नर्सिङ खोला छेवैमा रहेको पहाडबाट रसाउने पानी नुनिलो आउछ । त्यही पानीलाई छानेर पोखरीमा जम्मा गरेर नर्सिङ खोलाको पानी मिसाएपछि केही दिनमा हिँउजस्तै जम्छ । त्यही जमेको ढिक्कालाई थकाली समुदायले नून बनाउने गरेका थिए । गतवर्ष रु १५ लाख खर्चेर बनेका दुई वटा पोखरीमा यस वर्षको बाढीपहिराले क्षति पुर्याएको गुरुङले बताए ।

‘हामीले कल्भर्ट, पोखरी निर्माण गरेका थियौं, तर बाढीपहिरोले सधैँ क्षति पु¥याउछ’, गुरुङ भन्छन्, ‘नुन खानीको संरक्षण चुनौतीपूर्ण बनिरहेको छ ।’ गाउँपालिकाले खानीको संरक्षण र प्रयोग गरेर पर्यटन र उत्पादन दुवैको योजना बनाएको थियो । नूनिलो पानी आउने पहाडमा वर्षाको समयमा पहिरो आउने गरेको छ ।

छेवैमा रहेको नर्सिङ खोलाको बाढीले खानी छेउका संरचनामा क्षति पुर्याउने गरेको छ । ‘यहाँ खानी हेर्न चाहनेलाई पठाउन मात्रै सकेपनि धेरै फाइदा थियो’, अध्यक्ष गुरुङ भन्छन्, ‘अफ्ठ्यारो बाटोका कारणले पनि सोचेको जस्तो पर्यटक पठाउन सकिएको छैन् ।’

यहाँको नुन बहुगुणी हुने मान्यता रहेकाले यसको उत्पादनमा गाउँपालिकाले लगानी बढाएको थियो । औषधीय गुण भएको नुन खोज्ने धेरै भए पनि खानीमै रहेको प्राकृतिक समस्याका कारण उत्पादन गर्न नसकेको उनले बताए । पहाडमा रसाएको पानीमा खोलाको पानी मिसाएपछि मात्रै नुन जम्ने बताउछन्, लामो समय नूनको उत्पादनमा काम गरेका छुसाङका वयोवृद्ध पेमा तोर्चे । त्यही पानी जमाउनका लागि बनाइएका संरचना भत्किएपछि नुन उत्पादन नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस