११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीमा हुन थाले विद्यालय सञ्चालन

अ+ अ-

म्याग्दी । यहाँका सामुदायिक विद्यालयले करिब पाँच महिनापछि विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुरु गरेका छन् ।

कोरोना जोखिमकाबीच सदरमुकाम बेनी बजारबाहेक ग्रामीण क्षेत्रका ती विद्यालयले स्वास्थ्यमापदण्ड अपनाएर पठनपाठन सञ्चालन गरेका हुन् ।

सरकारले अघि सारेको ‘स्मार्ट लकडाउन’को अवधारणा अनुसार विद्यालयले भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गरेका जनाएका छन् । ग्रामीण क्षेत्रका विद्यालयमा अनलाइन कक्षा प्रभावकारी नभएपछि निषेधाज्ञा र समुदाय सिल गर्ने ‘स्मार्ट लकडाउन’ अवधारणाको अभ्यास गरेर विद्यालय सञ्चालन भएको हो । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरण शर्मा पौडेलले सङ्क्रमणको जोखिम र प्रभावको आधारमा विद्यालय सञ्चालन गरिएको जानकारी दिए ।

कार्यपालिकाको निर्णयअनुसार १० माविसमेत सबै ३७ विद्यालय खुल्ला गरी भौतिक रूपमा विद्यार्थी बोलाएर अध्ययन/अध्यापन सुरु भएकामा कोरोना देखिएपछि तीन विद्यालय बन्द छन् । ग्रामीण क्षेत्रका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून छ । मावि तहका विद्यालयमा १५० जनाको हाराहारीमा विद्यार्थी छन् ।

एउटा कक्षाकोठामा २०–२५ बढी विद्यार्थी नभएकाले कोरोनाको सक्रिय सङ्क्रमण नभएको क्षेत्रमा विद्यालय खोल्न उपयुक्त हुने अभिभावकको तर्क छ । न्यून विद्यार्थी भएको, पातलोबस्ती भएका स्थानका विद्यालय सबै खुला गरे पनि गाउँपालिका केन्द्र रहेका र अलि बढी विद्यार्थीको चाप भएका विद्यालयले भने विद्यार्थीको जोरविबोर रोल नम्बरको आधारमा कक्षा सञ्चालन गरेका छन् ।

केही विद्यालयले भीड हुने जनाउँदै बार अनुसार कक्षा चलाएका छन । शिक्षक, विद्यार्थी र समुदायमा सङ्क्रमण देखिए बन्द गर्ने र स्वास्थ्यमापदण्डको पूर्ण पालना गराई भौतिक रूपमै विद्यार्थी राखेर पढाइ सुरु गर्न निर्देशन दिएको मङ्गला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

‘विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून छ । समुदायमा कोरोना सङ्क्रमण पनि नभएपछि पढाइ किन बन्द गर्ने ?,’ उनले भने, ‘जोखिमको आकलन गरी व्यवस्थापन समितिले स्कुल खुलाउने भनेका हौं ।’’ सदरमुकाम बेनीका विद्यालयमा सञ्चालन गरिएको अनलाइन कक्षा प्रभावकारी देखिएको छैन ।

गत वैशाख २२ गतेदेखि निषेधाज्ञा भएपछि गाउँका घरफर्केका विद्यार्थी पुनः विद्यालयको सम्पर्कमा आएका छैनन् । केही अभिभावकको बुझाइमा अनलाइन कक्षा शुल्क उठाउने माध्यममात्र भएको छ । तर केही निजी विद्यालयले भने अनौपचारिक पोशाकका विद्यार्थी बोलाएर पढाउन थालेका छन् ।

‘‘हामीले भर्चुअलबाट अनलाइन पढाइ गरेका छौं । तर अनलाइन कक्षा भौतिक कक्षाको तुलनामा कम प्रभावकारी देखिएको छ । हाम्रो विद्यालयमा बहुसमुदायबाट विद्यार्थी आउने भएकोले तत्काल भौतिक रूपमा खुल्ने अवस्था छैन,’ सदरमुकामस्थित प्रकाश माविका प्रअ हरिकृष्ण सुवेदीले भने, ‘अनलाइन कक्षालाई सकेसम्म प्रभावकारी बनाउने प्रयासमा छौं ।’

प्रतिक्रिया दिनुहोस