१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य मन्त्रालयद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण

अ+ अ-

खोटाङ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय खोटाङलाई करिब तीन करोड मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

नेपाली काँग्रेस महासमिति सदस्य रविप्रकाश राईको पहलमा मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालयलाई अक्सिजन सिलिण्डर, पल्स अक्सिमिटर, एन्टिजेन किट, गाउन सेट, मास्क, पञ्जालगायत स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

महासमिति सदस्य राई र संविधानसभा सदस्य एवं महासमिति सदस्य सरस्वती बजिमयले बुधबार जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देललाई सो स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

यसरी हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीमा दश हजार एन्टिजेन किट, ५० वटा पल्स अक्सिमिटर, ५० लिटर क्षमताको २५ वटा अक्सिजन सिलिण्डर र १०० वटा नजल अक्सिजल ट्युब, ७०० कोभिड गाउन सेट, ३०० जोडी कोभिड सुज कजर, ५० डेथबडी ब्याग, ३०० कोभिड फेससिल्ड, २५ लिटर ह्याण्ट सेनिटाइजर, ५०० जोडी पञ्जा, आठ हजार मास्क, ५०० केएन ९५ मास्क र ३०० सर्जिकल मास्क रहेका छन् ।

जिल्लाका दशवटै स्थानीय तहमा पुर्याउने गरी स्वास्थ्य कार्यालयलाई स्वास्थ्यसामग्री हस्तान्तरण गरिएको महासमिति सदस्य राईले बताए । ‘हामी राजनीतिक भेटघाटका क्रममा खोटाङका गाउँगाउँमा पुग्यौँ, कोभिडबाट नागरिक छट्पटाइरहेका पायौँ’, उनले बताए । ‘अक्सिजन नपाएर नागरिकले कष्ट खेप्न बाध्य थिए । कतिले ज्यान गुमाउनु पर्यो । त्यसैलाई मध्यनजर गर्दै काठमाडौँ पुगेको बेला स्वास्थ्य सामग्री ल्याउन पहल गरेका हौँ ।’

मन्त्रालयबाट प्राप्त स्वास्थ्य सामग्री ढुवानी खर्च आफैले जुटाएर काठमाडौँबाट दिक्तेल ल्याइएको महासमिति सदस्य राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस