८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य मापदण्ड अपनाएर महाधिवेशन सफल पारौँ : वरिष्ठ नेता पौडेल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वास्थ्य मापदण्ड अपनाएर काँग्रेसको १४औँ महाधिवेशन सफल बनाउनुपर्ने बताएका छन् ।

पार्टीको आजदेखि सुरु भएको वडा अधिवेशनको पूर्व सन्ध्यामा उनले एक विज्ञप्तिमार्फत कोरोनाको महामारी र वर्षाको विषम परिस्थितिमा हुन लागेको महाधिवेशनलाई सफल बनाउन सबै लाग्नुपर्ने बताएका हुन् ।

वरिष्ठ नेता पौडेलले लोकतन्त्रलाई संस्थागत गर्दै मुलुकको आर्थिक समृद्धिका लागि काङ्ग्रेसभित्र सबल नेतृत्व आवश्यक रहेको जनाउँदै आत्माको पुकार सुनेर निर्णय गर्न आम नेता तथा कार्यकर्ता आग्रहसमेत गरे ।

यस्तै पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहले पनि आज एक विज्ञप्ति जारी गर्दै काँग्रेस सङ्गठनको मेरुदण्ड भनेकै वडा, क्षेत्र र जिल्ला भएकाले वडामा सक्षम र सशक्त नेतृत्व चयन गर्नुपर्ने बताए। ‘लोकतान्त्रिक विधि, प्रक्रिया र स्वस्थ प्रतिस्पर्धाबाट वडा अधिवेशनले सक्षम र सबल नेतृत्व चयन गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु’, पूर्व महामन्त्री सिंहले भने।

उनले संविधानको रक्षा, सङ्घीयता, समावेशिता, समानुपातिक सहभागिता, युवा प्रतिनिधित्वलाई थप मजबुत बनाउन सक्ने र देशलाई गति दिन सक्ने समृद्धिको बाटोमा लैजान सक्ने भिजनसहितको नेतृत्व अहिलेको पार्टीभित्रको आवश्यकता भएको बताए । नेता सिंहले काँग्रेस बलियो बन्दा मुलुकको लोकतन्त्र बलियो हुने जनाउँदै काँग्रेसलाई बलियो बनाउन नेतृत्व जन्माउन वडा अधिवेशन सफल होस् भन्ने कामना गरेका छन् ।

‘विश्वसनीय र भरोसायुक्त पार्टी बनाउन महाधिवेशनले सहयोग पुग्छ’

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेसलाई विश्वसनीय र भरोसायुक्त पार्टी बनाउन महाधिवेशनले सहयोग पुग्ने बताएका छन् । पार्टीको १४औँ महाधिवेशनका लागि आजदेखि सुरु भएको वडा अधिवेशनको पूर्व सन्ध्यामा आज एक विज्ञप्ति जारी गरी उनले महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई सबल बनाउँदै पार्टीभित्र ताजा अक्सिजनको सञ्चार हुने बताएका हुन्।

उनले पार्टीको १४औँ महाधिवेशन उत्सवका रूपमा आएकाले निर्वाचनका माध्यमबाट पार्टीको नयाँ नेतृत्व र प्रतिनिधि चयन गर्दै आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने बताए । ‘काँग्रेसको महाधिवेशन उत्सवका रूपमा मात्र नभई महाधिवेशनले सम्पूर्ण लोकतन्त्रवादीलाई जिम्मेवार र विवेकपूर्ण रूपमा अन्तर आत्माको आवाज सुन्न घचघच्याइरहेको छ’, डा. कोइरालाले भनेका छन् ।

काँग्रेसको महाधिवेशन पार्टीको विधान र संविधानभन्दा बाहिर गएर हुने परिस्थिति आउन नदिन सबै सचेत हुनुपर्ने उनको भनाइ छ । डा कोइरालाले विगतमा पार्टीभित्र गुट र विभाजनको स्थायी चरित्रका रूपमा बसेको संस्कार हटाउन नसक्दा आम निर्वाचनमा काँग्रेस कम्युनिस्टभन्दा कमजोर भएको जनाउँदै १४औँ महाधिवेशनबाट ‘गुट र गिरोह’ अन्त्य गर्न लाग्नुपर्ने उल्लेख गरे ।

उनले काँग्रेसको महाधिवेशन देशभित्र मात्र नभएर विदेशमा पनि चासोका साथ हेरिने गरेकाले यसलाई सम्पन्न गर्नका लागि सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस