१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्लाका स्थानीय तहले गरे विद्यालय सञ्चालन

अ+ अ-

खलङ्गा । जुम्लाका स्थानीय तहले विद्यालय सञ्चालनको तयारी गरेका छन् । यहाँको हिमा गाउँपालिकाले विद्यालयमा पठनपाठन शुरु गरेको छ । गाउँपालिकाले यही भदौ १५ गतेबाट विद्यालय सञ्चालनमा ल्याएको हो ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख शङ्कर धितालका अनुसार गाउँपालिकाको दुई क्षेत्रमा गरी ८२ विद्यार्थीको कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएकाले कार्यपालिको बैठकको निर्णयअनुसार विद्यालय स्वास्थ मापदण्ड पालना गर्ने गरी गाउँपालिकाभित्रका सबै विद्यालय खुलाइएको शिक्षा शाखा प्रमुख धितालले बताए ।

जिल्ला प्रशासन कार्यालयले यहाँका स्थानीय तहका शिक्षा शाखा प्रमुखको उपस्थितिमा विद्यालय सञ्चालन गर्ने आधारको विषयमा आयोजना गरिएको बैठकबाट विद्यालय सञ्चालन गरिएको शाखा प्रमुख धितालले जानकारी दिए । स्थानीय तहको निर्णयअनुसार भदौ १५ गतेदेखि विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खुलाइएको कालिका माध्यमिक विद्यालयका शिक्षक खम्बा शाहीले बताए ।

यसैगरी जिल्लाका स्थानीय तहका शिक्षा शाखा प्रमुखले कोरोना महामारीका बिचमा शिक्षा क्षेत्रमा भइरहेका गतिविधि र विद्यालय सञ्चालन गर्ने विषयको छलफल गरेका छन् । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले शिक्षा शाखाले एक हप्ताभित्र शिक्षा क्षेत्रको जोखिम प्रतिकार्य योजना ल्याउने निर्णय गरेको बताए । उनले भने, ‘यसअघि जिल्ला कोभिड व्यवस्थापन समितिले निर्णय गरे पनि शिक्षा शाखालाई जिम्मेवारी दिएर एक सातामा जोखिम कार्ययोजनासहितको प्रतिवेदन पेश गर्ने निर्देशन गरिएको हो ।’

बैठकमा शिक्षा शाखा प्रमुखले शिक्षा क्षेत्र धरापमा परिसकेकाले स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खुलाउनुपर्नेमा जोड दिएका छन् । कोभिडले गर्दा विद्यालय बन्द हुदाँ यहाँका धेरैजसो विद्यार्थी मेला, पर्व र अन्य काममा जाने भएकाले त्यहाँ भन्दा विद्यालयमै सुरक्षित हुनेमा सुझाव आएको प्रजिअ प्रसाइले बताए ।

प्रतिक्रिया दिनुहोस